वीरगंज, २९ जेठ । प्रचण्ड गर्मीको कारण मध्य तराइको जनजीवन कष्टकर हुंदै गइरहेको छ । लामो समयपछि गए राति केही क्षण पानी परे पनि आज झनै गर्मी बढेको स्थानीयवासी बताउंछन् ।
गर्मीका कारण तराइको तीन जिल्ला बारा, पर्सा र रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ। शहरमा दिनको समयमा मानिसहरुको नगन्य चहलपहल हुने गरेको छ। झाडा पखाला र रोग ब्याधीको प्रकोप बढेपछि अस्पतालमा विरामीहरुको चांप बढेको छ। पानी समयमा नपर्दा धान खेती प्रभावित भएपछि अर्को वर्षधान उत्पादनमा कमी हुने किसानहरु बताउंछन्। गर्मीसंग लुको प्रकोप पनि बढेको छ। लुका कारण हालसम्म एकजनाको ज्यान समेत गइसकेको छ। अहिले पर्सा, बारामा अधिकतम तापक्रम ४० ड्रि्रीभन्दा पनि माथि पुगेको विज्ञहरु बताउछन्।
Comments
Post a Comment