वीरगंज, २९ जेठ । महेन्द्र राजमार्गको चितवनको रत्ननगर-८ नजिकै नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
आज बिहान गाडीको ठक्करबाट रौतहट करहरिया-१ बस्ने १६ वर्षीय राम बिश्वासप्रसाद यादव गम्भीर घाइते भएपछि उनको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने गाडी चालक फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ।
धादीङको नौविसे १ नजिकै बा.२२.प.४९६९ नं.को मोटरसाइकलको ठक्करबाट सिन्धुली घर भइ हाल के.पि.सिमेन्ट फयाक्ट्रीमा कार्यरत कृष्ण बुढाथोकी घाइते भएका छन्।
जोगीमारा-१ खोला नजिकै आज बिहान नं.नखुलेको ट्यांकरको ठक्करबाट २ जना घाइते भई उपचारको लागी मलेखु अस्पताल पठाइएको प्राप्त जानकारीमा उल्लेख छ।
Comments
Post a Comment