वीरगंज, २९ जेठ । शिक्ष्ँकहरुको आन्तरिक बढुवामा धांधली र घुसखोरी भएको खुलासा भएको छ।
आज शिक्षक युनियनको विरोध कार्यक्रममा वक्ताहरुले जिल्ला शिक्षा कार्यालय पर्साबाट जेठ २२ गते प्रकाशित आन्तरिक फाइल बढुवाको नतिजाप्रति तीब्र विरोध जनाउदै जिल्ला शिक्षा कार्यालयका जिशिअले घुस लिएर शिक्षक बढुवा गरेको आरोप लगाएका छन्।
त्रिजुद्ध माविका शिक्षक रामाकान्तप्रसाद चौरसियाले नतिजा प्रकाशनमा खुलेयाम घुसखोरी, धांधली, भ्रष्टाचार भएको बताउंदै शिक्ष्ँा सेवा आयोगमा रिट हाल्ने चेतावनी दिएका छन्।
उनले वरिष्ठ शिक्षकहरुलाइ बढुवा नगरी योग्यता नपुगेका शिक्षकहरुलाइ बढुवा गरेको भन्दै यसविरुद्ध संघर्ष गर्ने चेतावनी दिए।
Comments
Post a Comment