वीरगंज, २९ जेठ । प्रहरी र माओवादीबीच रौतहटमा भिडन्त हुंदा प्रहरीको गोली लागी एकजना घाइते भएका छन् भने चारजनालाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान इलाका प्रहरी कार्यालय राजपुरमा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले २० राउण्ड हवाई फायर गरेको थियो। प्रहरीको गोली लागी गणेशप्रसाद जैसवाल घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगा प्रहारबाट पांच प्रहरी घाइते भएका छन्। घाइतेहरुको गौर अस्पतालमा उपचार भईरहेको छ । पर््रदर्शनकारीहरुले प्रहरी र सशस्त्र प्रहरीको भ्यानमा सामान्य तोडफोड गरेका थिए । ढुंगामुढा गरेको आरोपमा प्रहरीले चारजनालाइ पक्राउ गरेको छ।
गत जेठ २७ गते जनता मा.वि.राजपुरमा शिक्षक नियुक्तिको बिषयलाइ लिएर विद्यार्थी र प्राध्यापकबीच झडप भएपछी दोषीलाइ कारबाहीको मांग गर्दै बिहान माओवादीले प्रदर्शन गरेको थियो।
Comments
Post a Comment