वीरगंज, २९ जेठ । वीरगंज पानटंकीस्थित मिनील्याण्ड विद्यालयका विद्यार्थी, शिक्षकहरुउपर एक राजनीतिक दलद्वारा जेठ २८ गते विद्यालय परिसरमै भएको हातपातको घटनाको वीरगंज उद्योग वाणिज्य संघले घोर भत्सर्ना गरेको छ।
आज एक प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैसंग रहेको हुन्छ, तर त्यसको पनि आफनै पद्धति, प्रक्रिया हुन्छ आफनो निहित स्वार्थ परिपूर्ति गर्न विद्यालय जस्तो पवित्र स्थल समेतलाई बिथोल्ने र अराजकता पर््रदर्शन गरी कलिला बालबालिकालाई आफनो तारो बनाउने कार्य आफैमा अत्यन्तै निकृष्ट र निन्दनीय कार्य रहेको ठहर वीउवासंघको रहेको छ।
विज्ञप्तिमा राजनैतिक स्वार्थ र सत्ता संर्घष्ाको लागि विद्यार्थीको पढ्ने अधिकार खोस्न कुनै राजनीतिक दललाई छैन। राजनीतिक दल र तिनका भातृ संगठनहरुलाई भविष्यमा आम जनजीवन, शिक्ष्ँा, स्वास्थ्य, उद्योग र व्यापार लगायत अन्य कुनै क्षेत्र पनि प्रभावित हुने गरी कुनै बन्द कार्यक्रम नल्याउन विज्ञप्तिमार्फत अनुरोध गरिएको उल्लेख छ।
Comments
Post a Comment