वीरगंज, २९ जेठ। गोविन्दपुर गाविसका राजनीतिक दलका प्रतिनिधिहरूले गाउंको वातावरण खराब गर्ने एक प्रहरी जवानमाथि कारबाहीको मांग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।
नेपाली कांग्रेसका सिताराम राउत कर्ुर्मी, तमलोपाको योगेन्द्रप्रसाद कर्ुर्मी, नेकपा एमालेका अच्छेलाल कर्ुर्मी, सदभावका राजनारायणप्रसाद, नेमकिपाका मोतीलालप्रसाद कर्ुर्मी, जनमोर्चा नेपालका रामबालक साह, मधेशी जन अधिकार फोरमका रामनरेश यादव, नेसपाका सुखाडी राउत, नेसपा -आ) का जवाहिर साह गोड, मालेका रामअयोध्या प्रसाद, राप्रपाका दरशथ राउतको हस्ताक्ष्ँर रहेको प्रेस विज्ञप्तिमा गोविन्दपुर वडा नं. ६ का किशोरी राउतका छोरा जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी जवान जयकिशुन राउतले र्सव साधारणमाथि धाक जमाउंदै धम्काउने, डराउने कम गरी गाउंको वातावरण खराब गर्ने गरेकाले निजको सरूवा जिल्ला बाहरि गरियोस् भन्ने मांग गरिएको छ। निज प्रहरी जवानलाई राजनीति गर्ने गरेको आरोप स्थानीयवासीले लगाएको छ।
Comments
Post a Comment