काठमाडौं, जेठ २९ । चुरे भावर राष्ट्रि्य एकता पार्टर्ीीेपालको काठमाडौं सम्पन्न प्रथम महाधिवेशनले हिमालयभक्त प्रधानांगको अध्यक्षतामा ५९ सदस्यीय सदस्यीय कार्यसमिति गठन गरेको छ। महाधिवेशनले सभासद केशवप्रसाद मैनालीलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको जानकारी गराउदै सभासदबाट खारेज गर्ने पहल गरिरहेको अध्यक्ष प्रधानांगले बताए। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी भावर क्षेत्रलाई शसक्त र बलियो बनाउन नर्या कार्यसमिति प्रतिवद्ध भएको बताए।
मैनाली चुरेभावर क्षेत्रको हकअधिकार बिर्सर्ेेपदलोलुप बन्दै हिडेकाले कारबाहीको घोषणा गरिएको हो,' महाधिवेशनको निर्ण्र्ाासुनाउदै अध्यक्ष प्रधानांङ्खगले भने, 'सभासदबाट निष्काशन गर्न सभामुखलाई पत्राचार गरेका छौं ।' भावरलाई अझै सशक्त र एकतावद्ध बनाएर लैजाने उनको भनाई थियो ।
वरिष्ठ उपाध्यक्ष एवं भावर शान्ति सेनाका कमाण्डर बाबु थापाले सभासद पद नत्यागे केशव मैनालीलाई भौतिक कारबाही गर्ने चेतावनी दिए।
महासचिव बद्रीप्रसाद न्यौपानेले मैनाली चुरेभावरका विरोधी भएको बताए। महाधिवेशनले ५९ जनाको केन्द्रीय समिति चयन गरेको छ । ५२ जना निर्वाचित र ७ जना मनोनित सदस्य रहेका छन्।
Comments
Post a Comment