Skip to main content

कोइरालाले कांग्रेस महासमिति रोक्ने

सरकारको नेतृत्व परिवर्तन गरे गम्भीर दुर्घटना हुन्छ ः पौडेल

काठमाडौं २० भाद्र। नेपाली कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले वर्तमान सत्ता समीकरण कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभएको छ। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै संसदीय दलका नेता पौडेलले सत्ताखेलमा लाग्नु राष्ट्र हितमा नहुने दृढता व्यक्त गर्नुभयो।

ुमाधव नेपालको विकल्प खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो त्यस्तो कार्यमा कांग्रेस कहिल्यै लाग्ने छैन। यो सरकालाई पूर्ण समर्थन र सहयोग रहिरहन्छ र वर्तमान सरकारले नै संविधान निर्माण गर्छ शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउछ र नयां सरकारलाई सत्ता हस्तान्तरण गर्छु उहाँले भन्नुभयो।

प्रधानमन्त्रीसँग कांग्रेसको सम्बन्ध नबिग्रेको र सहमतिमै काम गरेको उहाँले बताउनुभयो। यो सरकारलाई ढाल्ने चेष्टा गर्छ भने त्यो दिवास्वप्न मात्र हुने उहाँको भनाइ थियो। कांग्रेसभित्र परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउने भन्ने चर्चा नचलेको र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले त्यसबारे प्रस्ताव पार्टीमा नल्याएको पौडेलले स्पष्ट पार्नुभयो। सरकारमा कांग्रेस चौथो पोजिसनमा छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो ुपहिले नै सरकारमा जाँदा उठ्नुपर्ने कुरा हो अहिले यसलाई किन उछालिएको छ अहिलेको अवस्थामा सत्ता बनाउने र ढाल्ने खेल सदाका लागि अन्त्य हुनुपर्छ।ु

रिपोर्टस्र क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेपाली पौडेलले कांग्रेस वर्तमान सरकारलाई स्थिर बनाउन चाहन्छ हामी सरकारलाई अस्थिरता ल्याएर जोखिम मोल्ने पक्षमा छैनौं नेता पौडेलले भन्नुभयो-पार्टी सभापति गिरिजाप्रसाद कोइराला पनि सत्ता परिवर्तनको पक्षमा हुनुहुन्न। उहाँ यही सरकारलाई टिकाउने पक्षमा हुनुहुन्छ। पौडेलले भन्नुभयो-आज बिहान भएको भेटमा पनि पार्टी सभापतिले हामीलाई यही कुरा बताउनुभएको छ।

माओवादीविना पनि सरकार संचालन हुने र माओवादीले प्रतिपक्षकै जिम्मेवार भूमिका निर्वाह गरे पुग्ने पौडेलको भनाइ थियो। माओवादी कि्रयाकलापबाट विश्वास गर्न सकिने स्थिति नरहेको उहाँले बताउनुभयो। कानुन र संविधानको ब्याख्या र अदालतमा मनपरी गरेकाले माओवादीलाई विश्वास गर्न सकिँदैनु उहाँले भन्नुभयो- अदालत जनताको धरोहर हो। ठूला मान्छेको विपक्षमा फैसला हुँदैमा तथानाम गाली गर्दै नहिँडौं।ु सत्ताको लागि खेल्नु राष्ट्रको हितमा नहुने भन्दै राजनीतिक स्थायीत्वका लागि बर्तमान सरकारलाई संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा नपुर् याएसम्म काम गर्न दिनुपर्ने बताउनुभयो। यहि सरकारले पूर्ण कार्यकाल पुरा गर्ने बताउंदै पौडेलले बर्तमान सरकारको विकल्प खोज्नु नै दुर्घटना निम्त्याउनु भएको टिप्पणी गर्नुभयो। शान्ति प्रकृयालाई टुंगोमा पुर् याउन र माओवादी सेना तथा हतियारको व्यवस्थापनका लागि माओवादी सहितको उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको भन्दै नेता पौडेलले माओवादी जिम्मेवार भएर संयन्त्र निर्माणमा लचिलो हुनुपर्ने बताउनुभयो।

नेता पौडेलले पार्टी सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता मसशुस गर्नुभएको उल्लेख गर्दै त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। आज बिहानको बैठकमा कात्तिक १६ १७ मा हुन लागेको महासमिति बैठक रोकेर बाह्रौं महाधिवेशनलाई सफल बनाउन लाग्ने उहाँले बताउनुभयो। ुसभापति कोइरालाले महासमिति लगत्तै महाधिवेशनको खर्च धान्न गाह्रो हुन्छ भन्नुभयोु पौडेलले भन्नुभयो। माअेावादी धर्ममा राजनीति गरी आफ्नो अभिष्ट पुरा गर्न उद्यत रहेको बताउंदै नेता पौडेलले पशुपतिनाथ र विश्वनाथमा राजनीति नगर्न माओवादीलाई आग्रह गर्नुभयो। धार्मिक स्थल राजनीति गर्ने थलो नभएको स्पष्ट पार्दै उहांले भन्नुभयो-धर्ममा राजनीति गर्दा समाजमा विचलन आउंछ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।