Skip to main content

चरेश ढुवानी गर्दा पक्राउ परेको टाटासुमो छाड्ने तारतम्य


वीरगंज २० भदौ। जिल्ला प्रहरी कार्यालय पर्साले १८ दिन अघि पसा्रकै श्रीसिया पुल नजिकबाट ना १ ज १९०० नम्बरको टाटा सुमो गाडीमा लुकाइ ल्याएको १ सय ११ केजी चरेश सहित दुईजना व्यक्तिलाई रंगेहात पक्राउ गरी थप अनुसन्धान चलाइरहेको बखत पक्राउ परेको टाटासुमो गाडी १ लाख रकम नजरानाका भरमा छाड्ने तारतम्य मिलाइरहेको तथ्य सार्वजनिक भएको छ।

मकवानपुर हेटौडाका किरण कटुवालको नाममा रहेको टाटासुमो गाडी छुटाउन निकै दिनदेखि कटुवालले मानिस पठाइ मोलतोल गरेपश्चात १ लाखमा कुरा मिलेपछि पसा्र प्रहरीले सो गाडी भाडामा प्रयोग भएको देखाइ छाड्न थालेको बताइन्छ ।

भरपर्दो स्रोतका अनुसार पक्राउ परेको चरेशका कारोबारी समूहको एक सदस्य स्वयं टाटासुमो धनी कटुवाल समेत हुन सक्ने आशंका उठिरहेको बेला पसा्र प्रहरीले टाटासुमो धनीलाई हाजिर गराइ केरकार गर्नुपर्नेमा सो नगरी नजरानाका भरमा उक्त गाडी छाड्न थालेको बताइन्छ।

सोही स्रोतका अनुसार टाटासुमो गाडीका चालक बारा कलैया बस्ने रमेश राउत कुर्मी एवं मकवानपुर हेटौडाका तिलकबहादुर तामाङलाई चरेशसहित रंगेहात पक्राउ गरेको पर्सा प्रहरीले दोश्रो दिन जिल्ला अदालत पसा्रबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको बखत मुद्दाको किनारा नलाग्दैको अवस्थामा रु १ लाख नजराना लिइ पकि्रएको टाटासुमो गाडी छाड्ने तारतम्यमा जुटेको घटनाले पसा्र प्रहरी मात्रलाई बदनाम नबनाइ प्रहरी संगठन समेतको गरिमामा आंच पुर् याएको छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।