Skip to main content

माओवादीसंग भारत रुष्ट



दीपेश केसी नयां दिल्ली २० भदौ । भारत एकीकृत नेकपा माओवादीप्रति निकै रुष्ट देखिएको छ । पशुपतिमा हालै गरिएको भट्ट नियुक्तिमा माओवादी निकट वाइसिएलको संलग्नतामा विरोध चर्काएपछि भारत रुष्ट देखिएको हो ।

भारतीय विदेशमन्त्रालयले भट्टहरुको सुरक्षामा ध्यानाकर्षण गराइएको उल्लेख गरेको छ । नेपालस्थित भारतीय दूतावासमार्फत सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको भारतीइ विदेशमन्त्रालयले जनाएको छ । पशुपतिमा भारतीय मूलका भट्ट नियुक्तिपछि माओवादीको सहयोगमा विरोध चर्काएपछि भारतीय दूतावासले ध्यानाकर्षण गराएको हो । माओवादीतर्फ संकेत गर्दै जिम्मेवार राजनीतिक दल र नेपाल सरकारसंग दूतावासले छलफल गरिसकेको जनाएको छ ।

भारतीय राजदूत राकेश सुदले माओवादी अध्यक्ष प्रचण्डसंग भट्ट नियुक्तिमा माओवादीले देखाएको भूमिकाबारे कुराकानी गरेका छन् । उनले भारतीय भट्टमाथिको आक्रमणमा माओवादी कार्यकर्ताको संलग्नताबारे पनि प्रश्न उठाएको बुझिएको छ । यसअघि प्रचण्ड सरकारले नेपाली भट्ट नियुक्ति गर्दा व्यापक विरोध भएको थियो । नियुक्ति फिर्ता लिइएपछि पुरानै भट्टले पूजा जारी राखेका थिए।

त्यसपछि वर्तमान सरकारले दक्षिण भारतबाट भट्ट खोजेर ल्याएको थियो । गिरिश भट्ट र राघभेन्द्र भट्ट कर्नाटकबाट ल्याइएका हुन् । धर्म राजनीति भारतले पशुपतिको भट्ट नियुक्तिमा उठेको विवादलाई माओवादीको भारततर्फको दृष्टिकोणका रुपमा लिएको छ । भारतीय अधिकारीहरुले माओवादीसंग बिग्रदो सम्बन्धले पछिल्ला घटनाक्रम देखिएको बताएका छन् । माओवादीले आफ्नो नेतृत्वको सरकार ढल्नुमा भारतलाई प्रमुख कारण मान्दै आएको छ । माओवादी नेताहरुले सार्वजनिक रुपमै भारतका कारण प्रचण्ड सरकार ढलेको र माधव नेपाल सरकार बनेको बताइरहेका छन् । भारतले सेनापति प्रकरणमा समेत भूमिका खेलेको बुझाई माओवादीको छ । भारतले नेपाली सेनासंग भारतीय सेनाको राम्रो सम्बन्ध र भारतसंग जोडिएका संस्थालाई माओवादीले तारो बनाएको ठानेको छ । यसबाट भारतले माओवादीभत्र भारतविरोधी पंक्ति हावी भएको स्पष्ट देखिन्छ । भारतमा हिन्दूवादी हावी रहेको र हिन्दूहरुको आराध्य देव पशुपतिनाथमा उत्पन्न विवादमा माओवादी भूमिका रहेको भारतीय अधिकारीहरुको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । आठ सय वर्ष देखिको परम्परा तोड्न खोज्नुभित्र गम्भीर राजनीतिक उद्देश्य निहित छ । शंकराचार्यले पशुपतिमा भारतीय भट्ट राख्ने र दक्षिणी भारतमा नेपाली ब्राम्हण राख्ने परम्पराले धार्मिक सांस्कृतिक अर्थ बोकेको छ । दुइ देशबीचको सम्बन्ध सुमधूर बनाउन स्थापित गरिएको संस्कृति धमिल्याउन खोजेको रुपमा भारतीयहरुले माओवादीलाई लिएका छन् । यसले माओवादीको भारतलाई हेर्ने दृष्टिकोण विगतभन्दा धेरै फरक भइसकेको विश्लेषण हुनथालेको छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।