Skip to main content

सुनौलोको नयां डटेट कण्डम

-राज गुरुङ-
पोखरा, ६ साउन/ सुनौलो परिवार नेपाल मेरी स्टोप्स् सेण्टरले उत्पादन गरेको जोडी गोल्ड प्रिमियम कण्डम बजारमा आएको छ। नेपाली उत्पादनका रुपमा रहेको यो कण्डम पाकेटको २५ रुपियाँ बजार मूल्य कामय गरिएको छ। पाकेटमा चार वटा कण्डम रहने कम्पनीको भनाई छ। बजारमा आउने अन्य कण्डमको तुलनामा जोडी गोल्ड सरल र सुगन्धयुक्त भएको कम्पनीले दावी गरेको छ। अर्न्तराष्ट्रिय मापदण्ड अनुसार तयार गरिएको यो कण्डम डटेट भएको सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेण्टर पोखराका क्षेत्रीय प्रवन्धक सुरेशकुमार गिरिले जानकारी दिनुभयो। गिरिका अनुसार नेपालमा अझै पनि कण्डको मागअनुसार पर्ूर्ति हुन सकेको छैन। वहाँले दिएको जानकारी अनुसार नेपालमा वाषिर्क ६ करोड २९ लाख कण्डमको माग रहेको भएपनि चार करोड कण्डममात्र आपर्ूर्ति भएको छ।
सेण्टरले यसअघि बजारमा ल्याएको जोडी कण्डमलाई परिमार्जित गर्दै थप सन्तुष्टि दिने गरी तयार गरिएको यो कण्डमको आइतबारदेखि पोखरामा बजारीकरण सुरु गरिएको हो। सभासद् कृष्णकुमारी परियारले हालै आयोजित एक औपचारिक कार्यक्रमकाबीच डटेट कण्डमको र्सार्वजनिक गर्दै बजारीकरण सुरु भएको घोषणा गर्नु भयो। वहाँले कण्डमको प्रयोगले एचआईभी लगायत अन्य यौनजन्य संक्रमणबाट जोगिन र जन्मान्तर राख्न सकिने भएकाले कण्डमको उपयोगिताबारे गाउँदेखि शहरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यक्रममा मेरी स्टोप्स् सेण्टर पोखराका इञ्चार्ज सरोजन्द्र न्यौपानेले बजारीकरण सुरु भएको जोडी गोल्ड प्रिमियम कण्डमप्रति प्रयोगकर्ताहरुको आकर्षा बढ्ने विश्वास गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुण्य पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निमित्त प्रमुख पदमवन्धु पोखरेल लगायतका वक्ताहरुले कण्डमको सही सदुपयोग भएमात्र यौनजन्य संक्रमणबाट बच्न सकिने भएकाले त्यसतर्फध्यान दिन प्रयोगकर्ताहरुलाई आग्रह गर्नु भयो। जन्मान्तरका लागि महिलाहरुले खाने परिवार नियोजनको उच्चरीय तथा भरपर्दो खाने चक्की फेमनील मेरी स्टोप्स्को अर्को उत्पादन हो। फेमनील चक्की विगत वर्षरुदेखि नै बजारमा आएको हो। डा मेरी स्टोप्स्को नामबाट बेलायतबाट सुरु भएको मेरी स्टोप्स् सेण्टरका हालसम्म विश्वमा करिव ४३ वटा सेण्टर रहेका छन् भने नेपालमा विभिन्न जिल्लामा यसका ६१ वटा सेण्टरहरु स्थापना भइसकेका छन्। सबै सेण्टरबाट सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनाका स्थायी वन्ध्याकरण सेवा तथा अस्थायी परिवार नियोजन सेवा, किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा स्वच्छिक परामर्श सेवा प्रदान गर्दै आएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।