भक्तपुर, ६ साउन। ताररहित सूचना प्रबिधिको ब्यापकता बढ्दै गएको छ। बढ्दो प्रतिस्पर्धासंगै ताररहित सूचना तथा सञ्चार क्षेत्रमा सुरक्षाका समस्याहरू पनि देखिन थालेका छन्। त्यसैले यस क्षेत्रका प्राज्ञ, बिद्यार्थीहरू तथा अनुसन्धानकर्ताहरू यस बिषयमा चिन्तित हुन थालेका छन्।
यसै सर्न्दर्भमा ताररहित सञ्चार सञ्जाल तथा ब्यापारीक सूचना संयन्त्र बिषयक अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौंमा हुने भएको छ। सम्मेलन भदौ ६, ७ र ८ गते होटेल मल्लमा हुने आयोजकले जानकारी गराएको छ। दोश्रो पटक हुने लागेको सम्मेलनका संयोजन हिमाली विनबिजनेस नयांबजारले गरेको छ। हिमाली विनबिजनेसका मानस शर्माले सो कुराको जानकारी गराएका हुन्। ताररहित सञ्जाल बिषयमा नेपालमा भने पहिलो पटक कार्यक्रम हुने लागेको आयोजकले दाबी गरेको छ।
ताररहित सञ्चार अर्न्तगत हाल बिश्वमा मोबाइल फोन, रेडियो, सेन्सर, स्याटलाइट सेवा, आदीलाई महत्वपर्ूण्ा मानिएको छ। यस किसिमका सञ्चार सेवाहरू महानगर, लोकल नेर्टवर्क र इन्टरनेट सेवाको लागि प्रयोग गरिदै आएको छ। सम्मेलनमा ताररहित सञ्चारको सुरक्षाको बिकास, बिस्तार, प्रयोग, कार्यन्वयन र मूल्याङकन हुनेछ । यस क्षेत्रका बिकासकर्ताहरूका नबिनतम खोज र अनुसन्धानहरूको ब्यापक रूपमा बिचार बिमर्श हुने आयोजकले जानकारी गराएको छ। -रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment