वीरगंज, ६ साउन । डकैति गरिरहेका डांका र प्रहरीबीच बारामा भिडन्त भएको छ।
आज बिहान १.२५ बजे हरैया-६ मा लुटपाट गरिरहेका करिब एक दर्जन हतियारधारी डांकाहरु र प्रहरीबीच दोहोरो गोली हानाहान भएपछि डांकाहरु फरार भएका हुन्। प्रहरीले ९ राउण्ड गोली चलाएको थियो।
डांकाहरुले स्थानीय लिलाधर लम्साल, नेत्रलाल पोख्रेल, सरस्वती श्रेष्ठ र सिहोरवा-५ बस्ने नुनबहादुर राना, नेकबहादुर आले, बुद्धिबहादुर आलेको घरमा लुटपाट गरी नगद रु. १ लाख ४६ हजार नगद, सुन १३ तोला, मोवाइल ५ थान लगायत लुटेर भागेपछि प्रहरीले खोजतलास गरिरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment