Skip to main content

आलमको रअसँग सम्बन्ध छ -महासचिव मियाँ

काठमाडौं, ६ साउन । सत्ताको नेतृत्व गरेको नेकपा एमालेनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनका महासचिव ताज मोहम्मद मियाँले संगठनका अध्यक्ष मुहमद आलमको भारतीय गुप्चतचर संस्था रअसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। आज राजधानीमा पत्रकार सम्मेलन गरी संवेदनशील सूचनाहरु रअका नेपालस्थित अधिकारीहरुलाई बुझाउने गरेको खुलासा गरेका हुन्।
आलमले २०५२ सालमा एमालेको नौ महिने सरकारका पालामा तयार पारिएको मदरसा कार्यदलको रिपोर्ट भारतीय गुप्तचर संस्था रअका अधिकारीलाई सुम्पिएको खुलासा गरे। उनले भने,' बालुवाटारको एक घरमा सिंह थरका रअका नेपालस्थित सेकेण्डम्यान कार्यदलको रिपोर्ट बुझाएका थिए।' कार्यदलको रिपोर्टमा संवेदनशील र गोप्य विषयहरु पनि रहेको उनको भनाई थियो। पछिल्ला समयमा आलमको दिल्ली ओहोरदोहोर निकै बढेको बताए।
आलमले हत्याको अभियोगमा पक्राउ परेका राजु गोर्खालीलाई छुटाउन पहल गरिरहेको आरोप लगाए। गोर्खालीको भाईलाई लिएर गृहराज्यमन्त्री रिजवान अन्सारीसँग हालसालै भेटेको खुलासा गरे। उनले भने, 'राजु गोर्खाली छुटाउन आलम हात धोएर लागेका छन्।' आलको आपराधिक गिरोहहरुसंग सम्बन्ध रहेको उनको आरोप थियो। गृहराज्यमन्त्री रिजवान अन्सारीलाई असफल बनाउन आलम षड्यन्त्रमा लागेको आरोप लगाए।
आलमले महाधिवेशनमा अनियमितता गरेका, मुस्लिम आन्दोलनविरुद्धका गतिविधि गरेको, अनियमित ढंगले आर्थिक लाभ लिन सक्रिय रहेको भन्दै तत्काल संगठनको अध्यक्षबाट हटाउन माग गरे। एमालेभित्र रहेर राम्रो काम गर्दा गर्दै आफूविरुद्ध आलम समूहले षड्यन्त्र गरेको बताए। ३३ सदस्यीय केन्द्रीय कमितिमध्ये २२ जनाले आलममाथि कारबाहीको माग गर्दा पनि सुनुवाई नभएको बताए। आफू एमालेमै रहेर संर्घष्ा गर्ने उनको भनाई थियो। आलमलगायतले मुस्लिम इत्तेहात संगठनलाई क्षतविक्षत पार्न ग्रान्डडिजाइन गरिरहेको आरोप लगाए।
हज कमिटिमा रहँदा अनियमितता गरेको आरोप लागेका मियाँले आलमले मोटो रकम माग्दा नदिएपछि उक्त आरोप लगाइएको बताए। आफूमाथि षड्यन्त्रहरु भइरहको भन्दै डटेर सामना गर्ने बताए।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।