Skip to main content

जिविसले ढांट राखेर कर उठाएको आरोप

वीरगंज, ६ श्रावण/ नेपाल सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले गत असार २९ गते व्यवस्थापिका संसद्मा आ.व. २०६६/०६७ को बजेट प्रस्तुत गर्दा जिल्ला विकास समितिहरुले ढांट राखेर उठाउने करहरुलाई समाप्त पारेको ऐतिहासिक घोषणा गर्नुभएको थियो तर अर्थमन्त्रीको निर्णयलाई एकातिर पन्छयाएर पर्सा जिल्ला विकास समितिले साउन १ गतेदेखि केही कृषिजन्य पदार्थ, सिमेन्ट र इट्टामा कर संकलन गर्नका लागि ठेकेदारलाई चलन पर्ुर्जी जारी गरेको कुरा प्रकाशमा आएको छ।
आज वीरगंज उद्योग वाणिज्य संघले प्रेषित गरेको समाचार अनुसार कुनै पनि कृषिजन्य पदार्थमा जिविसले कर लगाउँदा कृषक समूह, नागरिक समाज र उद्योग वाणिज्य संघको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था स्थानीय स्वायत्त शासन ऐनमा गरिएको छ। यसको बावजुद ऐन विपरीत र अर्थमन्त्रीले पेश गरेको बजेटको मर्म विपरीत जिविसले ठेकेदारलाई कर उठाउन जारी गरेको चलन पर्ुर्जीको वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष ओमप्रकाश सिकरियाले विरोध गर्नु भएको छ।
सिमेन्टको हकमा समेत जिल्लाभित्र कै खानीको प्रयोगाट उत्पादन भई निकासी हुने सिमेन्टमा मात्र कर लगाउन पाउने व्यवस्था रहेकोमा विदेशबाट कच्चा माल आयात भई प्रशोधन र ब्लेण्डिङबाट उत्पादन हुने सिमेन्टमा कर लगाउनु समेत ऐनको मन्साय विपरीत रहेको कुरा स्थानीय कर समितिका संयोजक सुबोध गुप्ताको भनाइ रहेको छ।
र् अर्थमन्त्रीले लोकमार्गहरुमा ढाट राख्न नपाउने स्पष्ट उद्घोषण गरे पनि जिविस पर्साले बाकयदा ढाट राख्ने स्थान समेत खोलेर ठेक्का बन्दोबस्त गरेको कार्य अर्थमन्त्रीको बजेटको अवहेलना भएको ठहर स्थानीय कृषकहरुको रहेको छ। ठेकेदारलाई भुस र र्राईस ब्रानमा मात्र कर उठाउने गरी ठेक्का दिइएको भए पनि कृषकहरुबाट ठेकेदारले जबरजस्ती प्रत्येक प्रकार खाद्यान्न र अन्य वस्तुहरुमा कर उठाइरहेको छ। वीउवासंघले ठेकेदारको अनियमितता रोक्न एक अधिकार प्राप्त संयन्त्र निर्माण हुनुपर्ने माग विगतदेखि नै राख्दै आएको थियो। यस ठेक्काबाट वस्तुतः जिविसको ढुकुटीमा २८ लाख रुपैया मात्र प्राप्त भई रहे पनि ठेकेदारले नियम कानून विपरीत जोर जबरजस्तीबाट ठूलो रकम असुल गरिरहेकोले स्थानीय कृषक, उद्योगी व्यवसायीहरुको ठेकेदारी प्रथा प्रति विरोध रहदै आएको छ ।
जिविस पर्साद्वारा बजेटको मर्म विपरीत गरिएको कार्यको कारण नेपाल सरकारद्वारा पर्सा जिविसलाई प्राप्त हुने अनुदान नै रोक्का हुन सक्ने र यसबाट पर्सा जिल्लाको विकास नै बाधित हुन सक्ने प्रबल सम्भावना रहेको विशेषज्ञहरुको भनाई रहेको छ। जिविसले आह्वान गरेको टेण्डरमा बजेट वक्तव्य पश्चात् गरिएको परिवर्तन पछि आर्थिक नियमावली अनुसार पुनः टेण्डर आह्वान गर्नुपर्ने भए पनि जिविसले ऐन नियमहरुलाई धोती लगाई ठेकेदारसंग मिलोमतो गरी स्वीकृत न्यूनतम अंकमा झण्डै २ करोडको अंक घर्टाई ठेकेदारसंग करार गरिएकोले यो ठेक्का बदर हुनुपर्ने माग जिल्लावासीहरुको रहेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।