Skip to main content

झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसक्यो-स्वास्थ्यमन्त्री चौधरी

काठमाडौं, साउन १९। स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसकेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राज्यका सबै स्रोत र साधन परिचालन गरी नियन्त्रण कार्यक्रम प्रभावकारी बनाइएको बताएका हुन्।
'झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ,' मन्त्री चौधरीले भने,'स्वास्थ्य, संचार, शिक्षा, आपर्ूर्ति, गृहका मन्त्रालयका अलावा नेपाली सेनासँग समन्वय गरी कार्यक्रम अगाडि बढाइएको छ।' केही स्थानमा मृत्यु हुने क्रम रहेको भन्दै स्वास्थ्य शिविर सम्म नपुगेकाहरुको मात्र मृत्यु भएको बताए। स्वास्थ्य शिविरसम्म पुगेकाहरु कसैको पनि मृत्यु भएको रर्ेकर्ड नरहेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री चौधरीले रोग नियन्त्रणका लागि विशेष प्याकेज अगाडि बढाइने बताए। प्याकजेटमा पांच हजार आधुनिक शौचालय निर्माण देखि औषधी र खाद्यान्न निःशुल्क उपलब्ध गराउने तय भएको बताए। उनले भने,'रोग प्रभावित क्षेत्रहरुमा पांच हजार आधुनिक शौचालय निर्माण गरिनेछ।' शौचालय राम्रो नहुँदा रोग फैलिएको अध्ययनले देखाएकाले उक्त कदम चाल्ने बताए। पानीको शुद्धिकरणका लागि सरकारले कार्यक्रम लैजाने बताए। रोग निको भएपछि पनि कुपोषणका कारण मर्ने क्रम नरोकिएकाले खाद्यान्न वितरण गर्ने बताए।
२८ हजार रोगीको उपचार भइसकेको र दुइ सयको मृत्यु भइसकेको जानकारी गराए। अहिलेपनि दर्ुइ ७२ शिविर खडा गरी उपचार सेवा प्रदान गरिएको बताए। रोग प्रभावित क्षेत्रमा खटिएका कर्मचारी नफर्किएको दाबी गरे।
झाडापखाला फैलदा विदेश भ्रमणमा गएकोबारे सोधिएको प्रश्नमा आफ्नो भ्रमणले रोग नियन्त्रणका लागि चालिएको कदम नरोकिएको बताए। जर्मनीमा रहदा पनि आवश्यक निर्देशन दिएको उल्लेख गर्दै भने,र्'जर्मनीले स्वास्थ्य क्षेत्रमा सहयोग अगाडि बढाउने भएबाट भ्रमण उपलब्धिमूलक रह्यो।' जर्मनीमा रहेका एनआरएनले एक हजार यूरो झाडापखाला प्रभावितका लागि सहयोग पठाएको जानकारी गराए। प्रधानमन्त्री माधवकुमार नेपालले निर्देशन दिएर आफू भ्रमण छोट्याएर स्वदेश फर्किएको भन्नु निराधार रहेको बताए। प्रधानमन्त्री र आफ्नो दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग सल्लाह गरेर जर्मनी गएको उनको भनाई थियो। आफ्नो भ्रमणमा विवाद खडा नगर्न आग्रह समेत गरे। जर्मनी गएकै आधारमा आफ्नो राजीनामा मागिनुको कुनै तुक नरहेको बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।