Skip to main content

अमेरिकामा समावेशी साँस्कृतिक पर्व

बर्क्र्ली, युएसए, १९ साउन । उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीका १० संगठनहरुले एक साँस्कृतिक पात्रो निर्माण गरी दशैं, ल्होसार, छठलगायतका प्रमुख नेपाली चार्डपर्व समावेशी ढंगले मनाउने निर्णय गरेका छन्।
उत्तरी क्यालिफोर्नियाका नेपालीको छाता संगठन नेपलिज एसोसिएसन अफ नर्दन क्यालिफोर्निया -न्यान्स्ाी) को संयोजकत्वमा जुलाई ३१ तारिकका दिन आयोजित नेपाली संघ-संस्थाहरुको भेलाले सो निर्णय गरेको हो।
न्यान्सीका अध्यक्ष यान राइको अध्यक्षतामा सम्पन्न सो भेलामा नजिकै आएको नेपालीको महान चाड दशैं 'नेपाली साँझ' कार्यक्रमको आयोजना गरी यस क्षेत्रका सम्पर्ूण्ा नेपालीको सहभागितामा मनाउने र यो क्रम अन्य यस्तै चाड मनाउँदा पनि कायम राख्ने सहमति भएको छ।
'नेपाली साँझ मनाउनका लागि एक संयोजक समिति खडा हुनेछ र साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाइनेछ,' भेलाको निर्ण्र्ाासुनाउँदै अध्यक्ष राइले जानकारी गराउनु भएको छ।
उत्तरी सनफान्सिस्कोस्थित न्यान्सीका सल्लाहकार वैकुण्ठ खनालको निवासमा भएको भेलामा बे-एरियाका नेपाली सँस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सनप|mान्सिस्को, सान्टारोजा, सोनामा, सान्नेबेलभित्रका १५ नेपाली सँस्थालाई आमन्त्रण गरिएकोमा पाँच सँस्थाका प्रतिनिधिहरु कार्यव्यस्तताका कारण उपस्थित हुन सकेका थिएनन्।
न्यान्सीका उपाध्यक्ष सागर कोइराला र सचिव सन्तोष लामाको सञ्चालनमा सम्पन्न सो भेलामा आमन्त्रित सहभागीहरुले आ-आफ्नो मन्तव्य प्रकट गरेका थिए। मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले लोकतान्त्रिक अभ्यासका लागि एक-आपसका चार्डपर्वप्रति सम्मान भाव व्यक्त गर्दै सहभागी हुने हाम्रो निर्णयले समावेशी सँस्कारलाई अघि बढाउने विचार राख्दै यस पद्धतिलाई व्यवहारमा उतार्न्र्ााके विदेशमा पनि हामी नेपाली जसरी जाति, धर्म र क्षेत्रका आधारमा विभाजित भैरहेका छौं, त्यो प्रवृत्ति अन्त्य हुनेछ भन्नुभयो।
हृवाइट जोनका अध्यक्ष अशोक गौतमले न्यान्सीका पदाधिकारी सक्रिय भएर आउने र इमान्दारीका साथ सबैलाई समेट्ने होभने यस क्षेत्रका सम्पर्ूण्ा नेपालीहरु साथ दिन तयार छन् भन्नुभयो। 'तर के न्यान्सीले साँच्चिकै इमान्दारीका साथ हामीलाई आमन्त्रण गरेको हो त - कि आफूले नसकेर हामीलाई गुहारेको हो -' भनेर गौतमले प्रश्न गर्नुभएको थियो। उहाँको प्रश्नको जबाफ दिंदै उपाध्यक्ष कोइरालाले 'हाम्रो उद्देश्यमाथि कृपया शंका नगरिदिनुहोला, हामी इमान्दारीका साथ काममा जुट्नेछौं,' भन्नुभयो।
भेलामा लायन्स क्लब, अन्नपर्ूण्ा बर्क्र्ली, एनएजिसी, तमू समाज, सनी समाज, सोनमा शर्ेपा, बे-एरियासमाज र तामाङ सोसाटीका प्रतिनिधिहरुले पनि आ-आफ्नो सँस्थाको विचार राख्नुभएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।