काठमाडौं, साउन १९ । परराष्ट्रमन्त्रालयले तरूण साप्ताहिक पत्रिकामा परराष्ट्रको झण्डामुनी मान्छेको व्यापार शिर्षमा प्रकाशित समाचारप्रति खेद व्यक्त गरेको छ । आज परराष्ट्रका सहायक प्रवक्ता रूद्रकुमार नेपालद्वारा जारी विज्ञप्तिमा संस्कृति मन्त्रालय र नेपाल सांस्कृति संघको सिफारिसमा नेपालीलाई विदेश जान प्रवेशाज्ञाको व्यवस्था गरी पठाएको सम्बन्धमा परराष्ट्रमन्त्री सुजाता कोइराला र संविधानसभाका सदस्यहरूको नाम मुछिएको भन्दै खेद व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,'परराष्ट्रमन्त्रालयले यस प्रकारको प्रवेशाज्ञा जारी गर्ने सिफारिस गरेको छैन र यस्तो सिफारिस गर्ने नीति पनि छैन ।' मन्त्रालयले असत्य समाचारप्रति खेद व्यक्त गर्दै भविष्यमा प्रकाशित नगर्न आग्रह समेत गरेको छ ।

Comments
Post a Comment