Skip to main content

खुलेयाम तस्करी गर्न छुट, हतियार भित्रिने सम्भावना

वीरगंज, १९ साउन। वीरगंज भन्सारको मूल नाकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जनक बस्नेतले खुलेयाम तस्करी गर्न छुट दिएबाट खाद्यान्न, डेक, इन्जिन, स्टील, बेयरिङ, सारी, मोटरपार्टसको आडमा तस्करहरूले लागू औषध, विस्फोटक पदार्थ, हातहतियार, खरखजाना समेत भित्र्याउन सक्ने प्रबल संभावना बढेको छ।
करिब दुइ सातादेखि स्थानीय एवं भारत रक्सौलका आधा दर्जनभन्दा बढी तस्कर, कारोबारीहरूलाई भन्सार राजस्व चुहावट नियन्त्रण गस्ती टोली वीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्ष्ँक जनक बस्नेतले भन्सार मूल नाकाबाट तस्करी गर्न छुट दिएको बताइन्छ। भारत, रक्सौलका राजू, भुलन कोइरी उर्फ राजकुमार, वीरगंजका मुन्ना तेली, लामा, किसनदेव, हरदेव, मुस्तफा, मकबुल लगायतका तस्करहरूलाई टेम्पो एवं टांगाबग्गी तथा साइकलबाट तस्करी गर्न छुट दिएका सशस्त्र प्रहरी नायब उपरीक्ष्ँक बस्नेतले निजहरूसंग निश्चित रकम मासिक लिने गरेको स्रोतको दाबी छ।
तस्करहरूले वीरगंज भित्र्याउने गरेको दैनिक जीवनमा प्रयोग गरिने उल्लेखित सामानहरू बाहेक आरडीएक्स, हातहतियार, खरखजाना एवं लागू औषध समेत रहन सक्ने सोही स्रोतको दाबी छ। बिहानको ११ बजेदेखि बेलुकी ६ बजेसम्म लाइन लिएका तस्करहरूलाई भन्सार मूल नाकाबाट तस्करीको सामान भित्र्याउन छुट दिएका स.प्र.ना.उ. बस्नेतद्वारा मूल नाकामा डिउटीमा खटाइएका सशस्त्र प्रहरी उपरीक्षक एवं सशस्त्र प्रहरी तस्करीको सामानसमेतको टेम्पो भन्सार नाकामा पुग्दा चेकजांच नै नगरी अन्यत्र छेउछाउमा बस्ने गरेको बताइन्छ।
वीरगंज भन्सारको मूल नाकामा खटिने केही कर्मचारीहरू समेतलाई नजरानाको भरमा मिलाइ चेकजांच बिना आप\mनो तस्करीको सामान समेतको टेम्पो वीरगंज नाका भित्र्याउने छुट पाएका तस्करहरूको उक्त टेम्पोमा के भित्र्याएका छन् भन्ने कुरा भन्सार कर्मचारी एवं सशस्त्र प्रहरीलाई केही थाहा हुंदैन। यसरी निश्चित रकमको प्रलोभनमा परी आप\mनो उज्जवल भविष्य समेतलाई दाऊमा लगाइरहेका सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले वीरगंज भन्सारको मूलनाकाबाट खुलेयाम तस्करी गर्न छुट दिएबाट राष्ट्रको राजस्वमा मात्र घाटा नभइ भित्रिनसक्ने हतियार, विस्फोटक पदार्थ, खरखजानाले राष्ट्रिय खतरासमेतलाई निम्त्याएको स्रोतको भनाइ छ।
यर्सतर्फ सम्बन्धित निकायले बेलामै संवेदनशील रूपमा सजग हुनुपर्ने नितान्त देखिएको यस दैनिककोे भनाइ छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।