-सुभाषप्रसाद साह-
बारा, २१ असार । जनतान्त्रिक मधेशी मुक्ति टाइगरले आहवान गरेको एक दिने मधेश तराइ बन्दको अवज्ञा गरेको भन्दै शनिवार राति टाइगरले एउटा ट्रकमा आगजनी गरेको छ।
बाराको कोतवाली र कुडवा बीच पर्ने जमुनी नदि नजिकै जनतान्त्रिक बाराका कमाण्डर तिलक सिंहको नेतृत्वमा आएका हतियारधारी समूहले ना.२ ख. २९६८ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले श्री नगरबैरिया- ९ अनिल पटेललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउपछी प्रहरीले पटेललाई निर्घर्ाापमा कुटपिट गरेपछि प्रहरीले नै पटेलको कलैया अस्पतालमा उपचार गर्राई रहेको छ।
Comments
Post a Comment