Skip to main content

जिबिसमा व्यापक भ्रष्टाचार

डोटी, २१ असार। जिल्लाको समग्रा बिकासको योजना निर्माण गरी कार्यान्वयन समेत गर्ने जिल्ला बिकास समिति डोटीमा व्यापक भ्रष्टाचार हुने गरेको छ। बिकास निर्माणका योजनाहरुमा १५ प्रतिसत प्राबिधिकहरुले माग्ने र पांच प्रतिसत लेखापालले माग्ने गरेको आरोप जनताको छ। 
जिल्ला बिकास समिति डोटीद्वारा जिल्लाका सात स्थानमा सञ्चालन गरिएको र्सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा बिभिन्न स्थानमा जनताले सो कुरा उठाएका हुन। जिल्ला बिकास समिति डोटीका आधिकारिक प्रतिनिधिहरुको समेत उपस्थिती रहेको र्सार्वजनिक सुनुवाई कार्यकक्रमहरुमा जिल्ला बिकास समिति र प्राबिधिक नभएका गाउं बिकास समितिद्वारा सञ्चालन गरिएका बिकास निर्माणका कार्यक्रमहरुमा जिल्ला बिकास समिति डोटीका तलवी कर्मचारी रहेका र योजना हर्ेन जांदा समेत कार्यालयवाट भत्ता खाने प्राबिधिकहरुले सोझै १५ प्रतिसत रकम माग गर्ने गरेको जनताको गुनासो रहेको छ। कुल योजनाको १५ प्रतिसत रकम नदिएसम्म उनीहरुले वनाउनु पर्ने कागजातहरु नवनाई दिने गरेको जनताको आरोप रहेको छ। 
"आफुहरुवाट १५ प्रतिसत रकम मागेको तर नमानेपछि १० प्रतिसत त लिएरै छोड्यो" कुल पांच लाख वजेट भएको सातनाली-मेल्लेख सडक उपभोक्ता समितिले जानकारी दिएको छ। १५ प्रतिसतर् इन्जिनिएर मनिष कुमार अर्यालले माग्यो, पांच प्रतिसत लेखापालले माग्यो भन्छन उपभोक्ता कृष्ण भट्टर्राई। आफुहरुलर्ेर् इस्टिमेट गरेको भन्दा पनि वढी काम गरेको भन्दै कुनै प्रतिसत नदिने भनेपछि इन्जिनियर अर्यालले भुक्तानीका लागि गर्नु पर्ने प्रक्रिया सवै रोकेको भट्टर्राईको आरोप छ। 
१० प्रतिसत रकम दिनर्ैपर्छ तपाईले प्रमुख जिल्ला अधिकारीलाई गएर भनेपनि म १० प्रतिसत रकम छोड्दैन भनेपछि आफुले वाध्य भएर २० हजार दिएको उपभोक्ता समितिका अध्यक्ष नरवहादुर रोकाया वताउछन। काटिएको चेक मेरो हातमा दिनुको सट्टा लेखापाल हेमराज श्रेष्ठलर्ेर् इन्जिनियरको हातमा दिएको र्रर् इन्जिनियर अर्यालले २० हजार दिएपछि मात्र आफुलाई चेक दिएको रोकायाको भनाई रहेको छ। उपभोक्ताहरुले श्रमदान गरेर सडकको मर्मत सम्हार कोषको लागि जम्मा गरेको रकम बिना कारण प्राबिधिकहरुलाई दिनु परेकोमा दु-ख व्यक्त गर्दै अध्यक्ष रोकायाले उक्त रकम फिर्ता गर्राई दिन हुन जिल्ला बिकास समिति डोटीका योजना अधिकृत बिष्णु भुषाल र सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन। 
योजना अधिकृत भुषालले आफु यो घटनाको छानविन गर्ने र दोषी पाईएमा कारवाहीका लागि पहल गर्ने वताएका छन। समुदायको बिकासको लागि आएको वजेटको एक पैसा पनि दुरुपयोग हुनु हुदैन भन्दै अधिकृत भुषालले कसैलाई पनि घुष नदिन आग्रह गरे। त्यस्तै डोटी जिल्लाका सञ्चारकर्मीहरु प्राबिधिकहरुले घुस खानका लागि काम नभएको वा कागज नपुगेको नाममा अनावश्यक रुपमा जनतालाई सताउने गरको कार्यको बिरुद्धमा सशक्त भएर कलम चलाउने वताएका छन। 
यस्तै स्याउले वारकांडा सडक निर्माणका लागि दर्ुइ लाख छुट्याइएकोमा कार्यसम्पन्न भई सवै कागजात तयार गर्दा समेतर् इन्जिनियरले १५ प्रतिसतको रटान नछोड्पछि १० प्रतिसत दिने सहमतिका साथ सोमवार फाईनलर् इस्टिमेटमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ। दर्ुइ लाखको काम गरि जिबिसमा प्रतिवेदन पेश गर्दा गत सुक्रवार मात्रै जम्मा ३८ हजारको काम भएको भनि मुल्यांकन गर्ने प्राबिधिकहरुले दर्ुइ दिनभित्रै दर्ुइलाखको काम सम्पन्न भएको छ भन्ने प्रतिवेदन दिनुले पनि उक्त कुरालाई पुष्टी गर्दछ। 
उता वुडर जोरायल सडकमा भईरहेको ३५ लाख वरावरको काममा जिविसका प्राबिधिकहरुले १० प्रतिसत लिने सहमति उपभोक्ताहरुसंग गरेको र त्यसमध्य २८ हजार लिईसकेको कुरा समेत सो क्षेत्रका उपभोक्ताहरुवाट खुल्न आएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ताले भनर्ेर् इन्जिनियर अर्याल र उपभोक्ता समितिका अध्यक्षको नौ लाख खाने योजना थियो तर हामीले बिरोध गरेका छौं। पांच जना राजनीतिक दलका कार्यकर्ताहरुको मिलेमतोमा उक्त खेलखण्ड भईरहेको थियो ति उपभोक्ताले भने तर उनले नेता-कार्यकर्ताहरुको नाम उल्लेख गर्न चाहेनन्। पत्रकारहरुले पनि हिस्सा खोजेका थिए, उनको थप भनाई रहेको छ। 
प्रमुख जिल्ला अधिकारीसंग भनेपनि १० प्रतिसत लिएरै छोड्ने भन्ने हिम्मत राख्नर्ेर् इन्जिनियर अर्यालको उक्त भनाईले के प्रमुख जिल्ला अधिकारीलाई समेत हिस्सेदार वनाउन खोजेको हो यो भने सम्वन्धित सरोकारवालालाई नै जानकारी होला तर डोटीको बिकासको लागि आएको पैसा मनग्ये तलव भत्ता खाईरहेका प्राबिधिक भनाउदाहरुले यसरी स्वाह गर्न थालेको छन। राजनीतिक दलका नेता भनाउदाहरु पनि तिनै भ्रष्टहरुको पछि लागेर दुनो सोभ\याउदैछन। यो नै जिल्लाको बिडम्वना हो। प्राबिधिकको जागिर खाएर दर्ुइ वर्षै सिलगढी, धनगढी वा काठमाण्डौंमा बिल्डिङ वनाउने व्यक्तिहरुको सम्पत्ति र आयको स्रोत राज्यले खोज्न सक्छ कि सक्दैन यो भने हर्ेन वांकी छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।