Skip to main content

स्वाइन फलुका रोगी छैन-स्वास्थ्यमन्त्री चौधरी

काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरीले देशमा स्वाइन फलुका रोगी नरहेको बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संक्रमित पांच जना उपचारपछि सामान्य अवस्थामा आई घर फर्किइसकेको खुलासा गर्दै स्वाइन फलुका रोगी नरहेको बताएका हुन् ।
देशभित्र स्वाइन फलुका रोगी छैनन्, मन्त्री चौधरीले भने, संक्रमित पांचै जना सामान्य अवस्थामा आइसकेका छन् । रोगको सम्भावित खतरालाई मध्यनजरमा राखी सम्पर्ूण्ा तयारी रहेको बताए । रोगविरुद्ध प्रयोग हुने ३७ हजार भ्याक्सिन स्वास्थ्य मन्त्रालयसंग रहेको स्पष्ट पारे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले रोग भित्रन नदिने सीमा क्षेत्रमा स्वाथ्यजांच कडा पारिएको बताए । रोकथामका सबै उपाय अबलम्बन गरिएको उनको भनाई थियो । भारतबाट रोग नभित्रिएको बताउदै तर्सनुनपर्ने बताए । फलु र्सन नदिने सचेत हुन भन्दै त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको बताए । जाजरकोटमा झाडापखालाबाट संक्रमितको उपचारका लागि स्वास्थ्य टोली त्यस क्षेत्रमा पुगिसकेको बताए ।
इमिडिमलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.शैलेन्द्र उप्रेतीले फलुबाट नतर्सन आग्रह गरे । सामान्य रुघाखोकी जस्तै भएको बताउदै भने, रोगप्रति शतर्क हुनु जरुरी छ तर्सनु पर्दैन । उपचारको उपाय भएको भन्दै सन्त्रास फैलाउने सूचना नदिन आग्रह समेत गरे । संक्रमित भएकाहरु सामान्य अवस्थामा भइसकेको भन्दै कसैलाई बढी ज्वरो आएमा तत्काल नजिकको स्वास्थ्य चौकी या अस्पताल पुग्न आग्रह गरे । सम्भावित संक्रमणप्रति सचेत हुन त्रिभुवन विमानस्थलका अलावा देशका पांचवटा नाकामा जांच गर्न संयन्त्र परिचालन भइरहेको बताए ।
इन्फलुयन्जा नियन्त्रण आयोजनाका डा.जीतेन्द्र श्रेष्ठले रोगबाट संत्रस्त हुनुनपर्ने बताए । रोग र्सर्ने खतराबाट सचेत भए र्सर्ने सम्भावना ९० प्रतिशतले नरहेन बताए । हात धुने र हाछ्यु गर्दा मुख छोप्ने बानी बसाल्न आग्रह गरे । रोगविरुद्ध लड्न सरकार तयारीमा रहेको बताए ।
विश्व स्वास्थ्य संगठनका डा.निर्मल कंडेलले रोग सुँगुरबाट नभई मान्छेबाट मान्छेमा र्सर्ने बताए । शतर्ककता अपनाएमा मात्र पनि रोग र्सर्ने सम्भावना निकै कम रहने बताए । रोगलाई घातक रुपमा नलिन आग्रह गरे । उनले भने, रोगबाट आत्तिनुपर्दैन बरु शतर्क हुनर्ुपर्छ ।
सेन्टर फर मलिकुलर डाइनामिक्स नेपालका निर्देशक डा.समिर दिक्षितले रोगीहरुको खोजी हुनुपर्ने बताए । रोगीको पहिचान गरी नियन्त्रणमा लाग्नुपर्नेमा उनको जोड थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।