Skip to main content

ट्रान्सवर्ड समूहको विशेष कार्यक्रम

वीरगंज, २१ असार । ट्रान्सवर्ल्ड ग्रुपबाट वीरगंज सेवा प्रारम्भ 
वीरगंज २१ असार । ट्रान्र्सवर्ड सिपिङ कम्पनीले वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानीको उपस्थितीमा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु संग वीरगंज वाटै बील अफ लेडिङ्ग जारी गर्ने लगायत सीपीङ्ग कम्पनीले उपलब्ध गराउने सेवाहरुका बारे विस्तृत छलफल गर्‍यो ।
      सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानीले ड्रायपोर्टको सफल संचालनमा सिपिङ्ग कम्पनीको महत्वपर्ूण्ा भूमिका हुने भएकोले संघले ड्रायपोर्ट संचालन भए देखिनै वीरगंज ड्रायपोर्टमा सिपिङ्ग कम्पनीको कार्यालय संचालन गर्नु पर्ने धारणा राख्दै आएको थियो । आजै देखि ट्रान्सवर्ल्ड सिपिङ्ग कम्पनीले कार्यालय संचालन गरी कार्य प्रारम्भ गरिएको लाई संघले अत्यन्तै सरहानिय पक्षको रुपमा लिएको छ ।
      सो अवसरमा ट्रान्सवर्ल्ड ग्रुपका महाप्रबन्ध राजेन्द्रनले वीरगंज-डर््राईपोर्ट ऋक्ष्ँ बेसिसमा तेश्रो मुलुकबाट सामान आयात गर्ने सुविधा आजै देखि उपलब्ध गराएको जानकारी गराउनु भयो जसबाट विगतमा विभिन्न किसिमको डेमरेज, डिटेन्सन चार्जहरुको अन्त हुने र सामान छिटो छरितोरुपमा गन्तव्य सम्म पुग्ने जानकारी श्री राजेन्द्रनले गराउनु भयो । वाँहाले लागतको हिसाबले पनि विगत भन्दा लागत न्यून हुने बताउदै ट्रान्सवर्ल्ड सिपिङ कम्पनीको कार्यालय आजै देखि डर््राईपोर्टमा संचालन गरिएको बताउनु भयो ।
      यसरी ट्रान्सवर्ल्ड कम्पनीले कार्य शुरु गर्दा आयात, निर्यात दुबै कारोबार वृद्धी भई कम लागतमा छिटो छरितो माल सामान पुग्ने अपेक्षा उद्यमी व्यवसायीहरुले लिएका छन् ।
      ट्रान्सवर्ल्ड समूह, भारतका राजेन्द्रनले हिमालय र्टर्मिनल तथा ट्रान्सवर्ल्डले मिलेर व्यापारीहरुको लागि विशेष कार्यक्रम ल्याएको बताएका छन्।
आज वीरगंज उद्योग वाणिज्य संघमा एक अन्तरक्रियामा बोल्दै उनले आफूले ल्याएको सेवाबाट व्यापारीहरुले  डिटेन्सन चार्ज तिर्नु नपर्ने बताए।
वीरगंज भंसार प्रमुख केवल भण्डारीले यस सेवाबाट व्यापारीले लाभ पाउने बताए भने सुख्खा बन्दरगाहका प्रमुख तुल्सीराम सेढाइंले यसलाई सफल पार्न व्यापारीहरुको ठूलो सहयोग हुनुपर्नेमा जोड दिए। 
वीउवासंघका पूर्व अध्यक्ष्ँ गणेश लाठले उद्योग वाणिज्य संघसंग सहकार्य गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
  छलफल कार्यक्रममा संघका निर्.वर्तमान अध्यक्ष गणेश लाठ, पर्ूव अध्यक्ष बाबुलाल चाचान, वीरगंज भंसारका प्रमुख केवल भण्डारी, ड्रायपोर्टका भंसार प्रमुख तुलसीराम सेर्ढाई, हिमालयन टर््रर्मीनलका प्रमुख कार्यकारी अधिकृत सुवन्त बेहराले मन्तव्य व्यक्त गर्नु भएको थियो ।  

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।