-जीवनलाल श्रेष्ठ। हेटौडा बजारबाट ८ किलो मिटर पश्चिम उत्तर रहेको खोलाको किनार, अति रमणीय स्थानमा अवस्थित पवित्र त्रिखण्डी महादेवमा अनैतिक कार्य दिनहुं हुने गरेबाट पूजारी बाबा अति नै दिक्क भएका रहेछन्।
श्रावण महिनामा त्रिखण्डी महादेवमा मेला लाग्ने गरेको छ। अघिपछि भन्दा श्रावणको सोमवार टाढा टाढा देखिका मानिसहरु पैदल र सवारी साधनबाट जल चढाउन त्रिखण्डी महादेव पुग्ने गरेका छन्।
बिहान सबेरै देखि राति अबेरसम्म त्रिखण्डी महादेव क्षेत्रमा प्रेमलीलामा गांसिएका युवा-युवतीहरुको चहलपहल हुने गरेको छ। एकान्त कुना भएकोले त्रिखण्डी प्रेमलीलामा रम्नेहरुका लागि अति सुरक्षति स्थल बनेको छ। मोटरसाइकल, कारबाट त्यहां पुगेका युवायुवतीहरु धेरैवेरसम्म त्यहां समय बिताउने गरेकाले त्रिखण्डीलाई लभर्स प्वाइन्ट, लभर्स पार्कको संज्ञा दिंदा अतिसयोक्ति नहोला युवायुवतीबीच प्रेम हुनु अपराध होइन। हिजोआज यो फेशन होइन, नैर्सर्गिक अधिकार नै भइसकेको छ, केटीलाई ब्वाइप|mेण्ड र केटालाई गर्लफेरेन्डको आवश्यकतालाई कसैले रोकेर रोक्न सक्दैन तर गर्लफेण्ड र ब्वाइफेण्डबीचको प्रेम सम्बन्ध प्रेम सम्बन्धी क्रियाकलाप र गतिविधि भने पर्दाभित्र नै रहंदा राम्रो हुन्छ। ओपन प्रेम र सेक्स त्यो पनि त्रिखण्डीमा हुनु वर्तमान कालखण्डका लागि त्यति उपयुक्त नहोला। त्रिखण्डी धार्मिक स्थल हो, धार्मिक स्थल लभर्सपार्कमा परिणत हुन पुग्छ भने पूजारी बाबालाई आपत्ति हुन सक्छ तर धार्मिक क्षेत्र लभर्स पार्क हुंदै सेक्स टुरिज्म एरियामा परिणत नहोस् यही हाम्रो कामना छ।

Comments
Post a Comment