धनुषा, ७ साउन । प्रहरी र अज्ञात हतियारधारी समूहबीच गोली हानाहान भएपछि प्रहरीको गोली लागी एक व्यक्तिको मृत्यु भएको छ।
आज बिहान ३ बजे जनकपुर-७ बसविटी नजिकै प्रहरी गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही स्वरुप ३४ राउण्ड गोली प्रहार गरेको हो। प्रहरीको गोली लागी गम्भीर घाइते भएपछि उनको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले मृतकको नाम सनाखत नभएको बताएको छ। मृतकको साथबाट सिक्सर -१ थान, गोली २ राउण्ड र खोका ३ राउण्ड, सकेट बम -१ थान, सुतली बम -१ थान, मोवाइल मेरो मोवाइलको सिम, तराइ राष्ट्रिय मुक्ति सेना लेखिएको प्याडमा आकाश त्यागी लेटर प्याडको छाया कपी, नेपाली योको खिलाफ जांका ऐलान किताब थान १ फेला परेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment