Skip to main content

क्रसर उद्योगीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, ७ असार। सरकारले १२२ देखि १८५ प्रतिशत सम्मको भन्सार वृद्धि गरेको भन्दै क्रसर उद्योगी व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी तत्काल भन्सार वृद्धि फिर्ता नलिए व्यवसाय रोकेर संर्घष्ामा र्फकने चेतावनी दिएको हो।
नेपाल क्रसर उद्योग व्यवसायी महासंघका संयोजक कृष्णप्रसाद शर्माले वाषिर्क रुपमा २ अर्बभन्दा बढी राजश्वमा योगदान पुर्‍याउदै आएपनि सरकारले हदैसम्म भन्सार बढाएको बताए। उनले भने, 'हाम्रो योगदानको कदरको साटो सरकारले झापड दिएको छ, हामर्ीर् इंटको जवाफ पत्थरले दिन्छौं।' वाषिर्क अरबौं रुपियां बराबरको रोडागिट्टी निकासी गरी देशमा विदेशी मुद्रा भित्राएको उल्लेख गर्दै निर्यातलाई निरुत्साहित पार्न खोजिएको बताए। भारतीय बजारसँग प्रतिष्पर्धा गर्नै नसक्ने गरी भन्सार बढाएबाट निकासी घटेर अरबौंको नोक्शानी पर्ने बताए। भारतमा निकासीका क्रममा वाषिर्क एक अर्ब राजश्व तिर्दै आएको बताए।
क्रसर उद्योग व्यवसायी मकवानपुर शाखाका अध्यक्ष अरुण सुनुवारले सरकारले व्यवसायीलाई निरुत्साहित पार्न खोजेको बताए। तत्काल भन्सार वृद्धि फिर्ता नलिए कडा कदम चाल्न वाध्य हुने चेतावनी दिए। आफ्नै मुलुकको उद्योगलाई रोकेर आर्थिक विकासको सपना देख्नु गम्भीर भूल हुने बताए।
नेपाल रोडा ढुंगा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष नारायण ढकालले आन्दोलनमा जानुको विकल्प नभएको बताए। आफूहरुले व्यवसाय रोकेमा एक लाख मजदूर सडकमा आउन वाध्य हुने बताए।
पत्रकार सम्मेलनमा १३० क्रसर उद्योग रहेको र १२ सय करोड लगानी भएको उल्लेख गरियो। ९५ हजारलाई प्रत्यक्ष रोजगारी दिएको र पांच लाख जनताको जीविकोपार्जन भइरहेको बताइयो। आन्तरिक खपतबाट एक अर्ब र भारत निकासीबाट एक अर्ब गरी कुल दर्ुइ अर्ब राजश्व बुझाउदै आएको जनाइयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।