Skip to main content

तराइका किसानहरु हर्ष न बिस्मात

वीरगंज, ७ साउन। नेपालका तराइका जिल्लाहरु जलवायु परिवर्तनका कारण सुख्खाग्रस्त क्ष्ँेत्र बन्दै गइरहेको छ। आज बिहान सूर्य ग्रहणपछि केही बेर पानी परेपछि किसानहरु हर्षित भएका थिए। तर करिब आधा घण्टाको सिमसिमे पानीपछि पुन चर्को घाम लागेपछि किसानहरु हर्ष न बिस्मात भएका छन्।
१० महिनादेखि तराइका जिल्लामा खाद्यान्न बालीहरुलाई आवश्यक प्रर्याप्त वर्षात् हुन सकेको छैन। तराइमा सिंचित क्षेत्र निकै कम छ। सम्पूर्ण खेती प्रणाली आकाशे पानीमा निर्भर छ। लामो खडेरीका कारण खोला, नदी, कूलो, पैनीको पानी पनि सुक्दै गएको छ। माछापोखरीको पानी पनि सुक्दै गएबाट माछाहरु पानीको अभाव र तातोपानीका कारण भडकिरहेका छन्। खानेपानीका लागि जमिनमा गाडिएको ट्युबबेलबाट पनि साविकको भन्दा निकै कम पानी आउन थालेको छ। सिमसार क्षेत्र पूरै सुख्खा भएको छ। गाइवस्तुहरु पनि पानीको अभावमा तडपीरहेका छन्। छिटो मनसुन वर्षा हुने कुनै लक्षण छैन। तराइका ८० प्रतिशत धान खेतमा पानीको अभावमा धानको रोपाई भएको छैन। असार, श्रावण महिनामा तराइका खेत पानीको डुबानमा हुन्थे, यसपाली त धान खेतमा कमिलाको तांती हिंडिरहेको छ। रोपेको धान खेतमा पनि धांजा फुटेको छ। तराइको प्रमुख बाली धान रोपाइंको बेला खडेरी पर्नाले आम कृषक र खेतीहर मजदूरहरु अति दूखित र चिन्तित बनिरहेका छन् विकल्पको खोजी गरिरहेका छन्। पृथ्वीको तापक्रम अति बढेको कारण पम्पिङ सेट, बोरिङ संचालन गरेर रोपाइं गरेको धान खेतीमा दोहोर्‍याएर पानी पटाउन नसक्दा लगानी खेर गएको छ। प्रर्याप्त पानी नभइ धानबाली हुंदैन। कृषकहरुले खानका लागि संचित गरेर राखेको खाद्यान्न पनि अधिकांश कृषकहरुको घरमा सकिएको छ।
र्सर्ूय उदाएदेखि र्सर्ूय नअस्ताएसम्म खेतमा काम गरेर आप\mनो जहान परिवारको दैनिक जीवन गुजारा गर्ने खेतीहर मजदूर सुख्खाका कारण अति मर्माहत भएका छन्। काम नभएपछि उनीहरुको घरमा माम हुने कुरै भएन। किनेर छाक र्टार्न उनीहरुसंग बचत रकम छैन। साहु, महाजन, जमिन्दारले ऋण सहयोग गर्दैनन्। काम गरेर ज्याला कमाउन खेतमा कुनै काम छैन। लाखौंलाख मजदूर खडेरीका कारण एकैसाथ भोकमरीमा परेका छन्। खेतीहर मजदूरहरुको दैनिक जीवनमा परेको बज्रपात माथि सहानुभूति राख्ने, उनीहरुलाई रोजगारीको विकल्प दिने तयारीमा न सरकार छ, न कुनै गैरसरकारी संस्था छ, न कुनै व्यक्ति छ। भोकको ज्वाला शान्त पार्न जब खेतीहर मजदूरहरुले पाउंदैनन् भने त्यहां दुइटै विकल्प छ- कि सबै परिवार आत्महत्या गरेर मर्नु पर्‍यो, कि त खाद्यान्न हुनेहरुको घरमा पसेर लुटपाट गरेर आफू र आप\mनो परिवारलाई बचाउन पर्‍यो होइन भने कामको खोजीमा परिवार लिएर आफू बसेको ठाउं छाडेर अन्यत्र बसाइं सराइ गर्नु पर्‍यो।
तराइका जिल्लाहरुमा लाखौं लाख खेतीहर मजदूरहरुको जीवन निर्वाहको एकमात्र साधन र विकल्प भनेको खेतीबारीमा काम गरी दैनिक ज्यालाबाट बिहान बेलुकीको सामान्य छाक टार्नु हो। खेतीहर मजदूरहरुसंग श्रम बाहेक सम्पत्तिको नाममा केही हुंदैन। र्सवहारा कृषक मजदूरहरुको जीवनमा लामो खडेरीले इतिहासमा नै भोग्नु नपरेको चुनौती देखाएको छ। खडेरी एउटा जटिल समस्या हो। खडेरीसंग जुध्ने उपाय मानिससंग तत्काल छैन। प्रकृति प्रदत्त वर्षातले कृषि प्रधान देश नेपालका ८० प्रतिशत कृषक र मजदूरहरुलाई बचाएको थियो तर यसपाली कृषक मजदूरले नचिताएको दूख खेप्नु परिरहेको छ। र्सवहारा कृषक मजदूरको जीवनमा आइपरेको विपत्तिमा चिन्ता जाहेर गर्ने कोही देखिएन।
कृषक मजदूरलाई घोर विपत्ति आएको छ, खेतीपाती अन्नबाली नभएपछि कृषक मजदूरहरुले उब्जाएको खाद्यान्न खरिद गरेर खाने आम उपभोक्ताले पनि खाद्यान्न संकट र भोकमरीको पीडा सहनु नै पर्दछ। खडेरी राष्ट्रव्यापी समस्या हो। यो अत्यन्तै मानवीय समस्या हो। भोकमरीको पीडा अति कष्ट साध्य हुन्छ। लोभी र पापीहरुको झुण्ड मिलेर बनेको वर्तमान सरकारको बेलामा नेपाली जनताले कुन पाप र अधर्मका कारण लामो खडेरीको चपेटामा पर्न परेको हो -
तराइका जिल्लाहरुमा दलित जातिहरु बढी र्सवहारा मजदूर छन्। खेतीहर मजदूरहरु पूर्ण रुपमा खेतबारीको श्रममा नै आश्रति हुने भएकाले खेतीपाती नभएको खण्डमा उनीहरुले कष्टकर जीवन बिताउनु बाहेक तत्काल अर्को विकल्प देखिदैन। वर्तमान सरकारले भोलि आइपर्ने खडेरीको दुष्परिणामप्रति आजै सजग भएर तराइलाई सुख्खा क्ष्ँेत्र घोषित गरी खेतिहर मजदूरहरुको दैनिक जीवन गुजाराका लागि विकल्पको कार्यक्रम नदिए भीषण लूटपाट र काटमार नियन्त्रण भन्दा बाहिर पुग्ने अनुमान लगाउन सकिन्छ। तराइका खेतीहर मजदूरहरुले स्वतस्फर्ूत रुपमा तत्कालीन समस्याप्रति बुलन्द आवाज उठाउने र राहतका लागि सरकारलाई सकारात्मक दबाब दिन अब ढिला गर्नु हुंदैन। वर्तमान सरकारले तराइका कृषक मजदूरहरुलाई तत्काल राहत कार्यक्रम तय गरी सवै क्ष्ँेत्रका सवैले पाउने राहत प्याकेज उपलब्ध गराउनु पर्दछ। प्राकृतिक संकट र मानवीय समस्याप्रति कुनै पनि राजनीति दलले राजनीतिकरण गर्नु हुंदैन। असार, साउनमा वषात् हुंदै नभएको र अब मनसुन बषर्ात भए पनि धान रोपाइंको समय गुज्रिसकेकोले खाद्यान्न संकट र श्रम संकट परेको छ। संकटको समाधान गर्ने काम वर्तमान सरकारको हो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।