Skip to main content

हतियार ल्याउँछ-एमाले, हतियार ल्याउने ग्रान्डडिजाइन-माओवादी

काठमाडौं, साउन ७। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सरकारले देशको सुरक्षाका लागि आवश्यक पर्ने हतियार ल्याउने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालमो साक्षात्कारमा बोल्दै हतियार के कति ल्याउने भन्ने विषय देशको अवस्था र राष्ट्रिय सुरक्षालाई मध्यनजर गरी निर्ण्र्ााा पुगिने बताए।
'हतियार देशको आवश्यकता अनुसार ल्याउने हो,' मन्त्री महतले भने, 'देश र राष्ट्रिय सुरक्षाको अवस्था हेरेर निर्ण्र्ाालिनेछौं।' यद्यपि हतियार ल्याउने नल्याउनेबारे निर्ण्र्ाानभइसकेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सेना समायोजन विशेष समितिको टुंगो छिट्टै लाग्ने बताए। समितिको नेतृत्व प्रधानमन्त्री वा अरु व्यवस्था पनि हुनसक्ने बताए। व्रि्रोही नेताको हैसियतले माओवादीका कोही नेता समितिमा रहन नमिल्ने बताए। उनले भने, 'सहमतिका आधारमा समितिमा रहने हो, कोही व्रि्रोही नेताका रुपमा रहन मिल्दैन।' माओवादीका अयोग्य लडाकुको व्यवस्थापन तत्काल गर्न काम अगाडि बढेको बताए। माओवादीले लडाकु व्यवस्थापनमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। लडाकु व्यवस्थापन संविधानसभा निर्वाचन अगावै हुनुपर्नेमा त्रुटी भएको बताए। उनले भने, 'सेना व्यवस्थापन चुनाव अगावै हुनुपर्नेमा त्रुटी भयो, फेरि त्रुटी दोहोर्‍याउनहुन्न।' संविधान निर्माण अगावै लडाकुको व्यवस्थापन भइसक्ने बताए। माओवादीले समानान्तर संरचनाका रुपमा छापामारलाई राखिरहन चाहेको बताए। कुनैपनि हालतमा समानान्तर संरचना रहन नदिने गरी काम भइरहेको बताउदै भेन, 'हिंसाको छायांबाट देशलाई सदाका लागि मुक्त राख्नर्ुपर्छ।'
एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य टेकबहादुर रायमाझीले सरकारले हतियार खरिद गरेर देशलाई मुठभेडमा लान खोजेको आरोप लगाए। उनले भने, 'रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भारतसंग हतियार खरिदको कुरा मिलाउन पठाएर मुठभेडको अभ्यास भइरहेको छ।' नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री माधवकुमार नेपालको सेना समायोजनमा आएका अभिव्यक्तिले मुठभेडको अभ्यासलाई पुष्टि गरेको जिकिर गरे। शान्ति प्रक्रिया भांडेर देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको बताए। बख्तरबन्द, गोलीट्ठासमेत भित्राउने खेलहरु भइरहेको भन्दै कडा प्रतिवाद गर्ने बताए। हतियार खरिद शान्ति सम्झौता विपरित हुने बताए। उनले भने,'आफूहरुलाई पुनः हतियार उठाउन वाध्य पार्ने ग्रान्ड डिजाइन भइरहेको बताए।' वर्तमान सरकार रिमोर्ट क्रन्ट्रोलबाट चलेको भन्दै पछिल्ला घटनाक्रमले त्यसको पुष्टि गरेको बताए। सेनाको चाहना अनुसार सरकारले क्रियाकलाप देखाइरहेको र जंगीअड्डामा महावाणी राखेर प्रतिगमन र प्रतिक्रान्तिको बाटो अपनाउन लागेको आरोप लगाए।
नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले रक्षामन्त्री विद्यादेवी भण्डारी हतियार लिनका लागि भारत नगएको बताए। आफ्नो दल हतियार भित्राउने पक्षमा नरहेको स्पष्ट पार्दै भने,'एमाले हतियार ल्याउने पक्षमा छदैछैन, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन लागेको हो।' शान्ति प्रक्रियामाथि आंच आउने प्रकारका कार्य हुननहुने स्पष्ट पारे। माओवादी छापामारको समायोजन जतिसक्दो छिटो हुनुपर्ने बताए। प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा सेना समायोजन विशेष समिति बन्ने बताए। उनले भने,'संविधानसभा कामविहिन नभएको होइन, काम भइरहेको छ।' तोकिएको समयमै संविधान बन्ने दाबी गरे। संवैधानिक समितिको सभापति चयनका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै आफ्नो दलले उम्मेदवारी दिने बताए।
राष्ट्रिय जनशक्ति पार्टर्ीी सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले तोकिएको समयमै संविधान बन्नेमा शंका व्यक्त गरे। ठूला दलहरु संविधान बनाउनेभन्दा अन्यत्र अल्भिmएको बताउदै भने,'ठूला दल संविधान बनाउने मनशायमा छैनन्।' संविधान बनाउने भन्दा सरकार बनाउने र ढलाउने खेल भइरहेको बताए। राज्य पुनःसंरचनासम्बन्धि काम अगाडि नबढाइनुले गम्भीर आशंका पैदा भएको बताए। ठूला दलबाट संविधान निर्माणको काम अगाडि बढ्न नसक्ने भन्दै आफूले संवैधानिक समितिको सभापतिका लागि उम्मेदवारी दिने बताए। ठूला दलहरुलाई आपसी तिक्तता बिर्सर्ेेअगाडि बढ्न आग्रह गरे।
सद्भावना पार्टर्ीी सहअध्यक्ष लक्ष्मणलाल कर्ण्र्ाा ठूला दलहरुका कारण समयमै संविधान बन्ननसक्ने अवस्था पैदा हुनलागेको बताए। महत्वपर्ूण्ा निर्ण्र्ााआफै लिनखोज्ने तर सहमति बनाउननसक्ने परिपाठीले समस्या खडा गरेको बताए। उनले भने,'ठूला दलहरु संविधान बनाउनभन्दा अन्य गतिविधिमा सक्रिय छन्।' समयमै सहमति नबनाउंदा संविधानसभाको बैठक बस्नसक्ने अवस्था नरहेको बताए। विषयगत समितिको बैठक दिनहुँ चलेको तर ठूला दलले गर्नुपर्ने काम नगरेकाले समस्या खडा भएको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले तोकिएको समयमा संविधान निर्माणका लागि दलहरु जिम्मेवार हुनुपर्ने बताए। आग्रह पर्ूवाग्रहभन्दा माथि उठेर सहमतिका साथ शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन आग्रह गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।