Skip to main content

सिंहलाई रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा उच्चायुक्तको चिन्ता

काठमाडौं असार २२, सोमबार । संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालका प्रमुख रिचर्ड बेनेटले रक्षामन्त्री विद्या भण्डारीलाई भेटी उपरथी तोरणजङ्गबहादुर सिंहलाई रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो।
आज एक प्रेस विज्ञप्ति जारी गरी उच्चायुक्तको कार्यालय विभिन्न संयुक्त राष्ट्रसङ्‍घीय शान्ति स्थापना मिसनहरू / जसले शान्ति स्थापकहरूलाई मानवअधिकारको उच्चतम स्तरको परिपालना कायम राख्‍न बाध्य बनाउँछ / मा नेपाली सेनाले गरेको महत्त्वपूर्ण योगदानलाई आत्मसात र सराहना गरेको छ ।
वि॰सं॰ २०६३ जेठ १३ गते उच्चायुक्तको कार्यालयले भैरवनाथ गणको नियन्त्रणमा रहेको महाराजगन्ज ब्यारेकमा भएको स्वेच्छाचारी थुना, यातना र बेपत्ता पार्ने कार्यसम्बन्धी आफ्नो अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्‍यो। सन् २००३ देखि २००४ सम्म मानवअधिकारसम्बन्धी यी उल्लङ्‍घनहरू हुँदा सिंह १०औं वाहिनीका कमान्डर भएको बताइन्छ। प्रतिवेदनले आफ्नो निष्कर्षमा भनेको छ, ूकमान्डरले १०औं वाहिनीको कमान्डअन्तर्गतको गणद्वारा भएका यी कार्यहरूबारे पनि थाहा पाएको वा थाहा पाउनुपर्ने थियो।ू प्रतिवेदनले प्रत्यक्ष रूपमा वा संलग्न एकाइहरूको कमान्ड जिम्मेवारीमार्फत् मुछिएका हुनसक्नेहरूलाई अनुसन्धान नहोउन्जेल कुनै पनि औपचारिक जिम्मेवारीबाट निलम्बन गरिनुपर्ने र संयुक्त राष्ट्रसङ्‍घीय शान्ति स्थापना मिसनहरूमा सहभागिताका लागि प्रस्ताव गर्न नहुनेऊ भनी सिफारिस गरेको थियो।
यी गम्भीर र विश्वसनीय आरोपहरूलाई दृष्टिगत गर्दा सरकारले उपरथी सिंहको बढुवासम्बन्धी निर्णय लिनुअघि उनको संलग्नताबारे अनुसन्धान गर्नुपर्छ, रिचर्ड बेनेटले भन्नुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।