वीरगंज, २३ असार । बाराको त्रिवेणी मिल्समा कार्यरत एक मजदूर झुन्डिएर मृत अवस्थामा फेला परेपछि मजदूरहरुले आज बिहान वीरगंज-जीतपुर सडकखण्ड अवरुद्ध गरेका थिए।
आज बिहान छातापिपरा-४ स्थित गढीमाइ मन्दिर नजिक रौतहट गौर-१३ निवासी २६ वर्षीय नविन कुमार श्रीवास्तव झुन्डिएर मृत अवस्थामा फेला परेका थिए। प्रहरीले सो विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।
Comments
Post a Comment