मकवानपुर, २३ असार । लागूऔषध र हतियारसहित दुइजना प्रहरीले पक्राउ गरेको छ।
गए राति महेन्द्र राजमार्गको मनहरी-३ नजिकै प्रहरीले रौतहटबाट चितवन तर्फजांदै गरेको ग२प ४८९३ नं.को मोटरसाइकलमा रहेका रौतहट डुमरिया-२ बस्ने प्रमोद चौधरी र धनेश्वर चौधरीलाइ हतियार र लागूऔषधसहित पक्राउ गरेको हो।
उनीहरुले झोलामा लुकाई राखेको सटगनको गोली-९४ थान र नाइट्राइजीपाम ४४८५ थान बरामद गरेको प्रहरीले जनाएको छ।
Comments
Post a Comment