वीरगंज, २३ असार । अपदस्थ पूर्व राजाको जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रवाद संघ पर्साले विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।
आज वीरगंजको घण्टाघरबाट सुरु भएको झांकीसहित शुभकामना र्यालीले नगर परिक्रमा गरेको थियो। कार्यक्रममा पूर्व राजाको तस्बिर तथा नेपाली झन्डा फहराउंदै राजावादीले पूर्व राजाको जयजयकार गरेका थिए।
रयालीमा राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयल, अरुण विक्रम शाह लगायतको उपस्थिति थियो । यसैगरी असार २४ गते विहान ७ बजे पावरहाउस चोकदेखि घण्टाघरसम्म विद्यार्थी दौड प्रतियोगिता र २५ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा बिहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्ने नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साहले जानकारी दिए।
Comments
Post a Comment