चितवन, २३ असार । सामान्य विवादमा बाबु र छोराबीच झडप हुंदा दुइ जना घाइते भएका छन् भने बन्चरो प्रहार गर्ने दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ।
गए राति भरतपुर-७ नजिकै उचित महतो, उनको छोरा रामदेव महतो र जेठो छोरा राम विलाह महतो, उनको छोरा भरत महतोबीच चापाकलको विषयलाइ लिएर झडप भएपछि रामविलास र भरतले बन्चरो प्रहार गर्दा पिता उचित महतो, भाइ रामदेव महतो घाइते भएका हुन्।
बन्चरो प्रहार गर्ने राम विलाह र भरतलाइ प्रहरीले पक्राउ गरेको छ भने घाइतेको काठमाडौंमा उपचार भइरहेको छ।
Comments
Post a Comment