वीरगंज, २३ असार । कारखाना व्यवस्थापन पक्षले मजदूरलाइ कुटपिट गरेको विरोधमा तथा घाइते मजदूरको उपचार खर्चको मांग गर्दै वीरगंजको बहुअरी स्थित नेशनल पोली प्लास्टरका मजदूरहरुले वीरगंज-जीतपुर सडकखण्डमा अवरोध सिर्जना गरेका थिए।
आज बिहान ट्रेड युनियन मजदूर संघ बाराका अध्यक्ष लालवावु पटेलको नेतृत्वमा वीरगंज-१७, गण्डकमा बाटो अवरोध गर्दै घाइते मजदूरको उपचार खर्च कारखानाले बेहोर्न मांग गरेका थिए।
सो कारखानाले केही महिना अघी कामदारलाइ निकालेको बिषयमा हिजो व्यवस्थापन पक्ष र मजदुर पक्षबीच झडप हुंदा ३ जना मजदुर घाइते भएका छन्।
यसैगरी छुरा प्रहार गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ नगरेको विरोधमा गए रातिदेखि अवरुद्ध चितवनको पिप्ले सडकखण्ड सुचारु भएको छ।
गए राति लालु राइलगायतले गड्यौली चोक बस्ने विक्रम ठकुरीलाइ छुरा प्रहार गरी गम्भीर घाइते बनाएपछि विक्रम ठकुरी पक्षधरले गए रातिदेखि बाटो अवरोध गरेका थिए ।
Comments
Post a Comment