वीरगंज, २३ असार । चन्दा मागिरहेको अवस्थामा प्रहरीले रंगेहात दुइ भूमिगत संगठनका कार्यकर्तालाइ पक्राउ गरेको छ भने दुइजना फरार भएका छन्।
गए राति अखिल नेपाल तराइ मुक्ति मोर्चाको नाममा जनकपुर -९ स्थित आइसेन पब्लिक स्कूलमा चन्दा मागीरहेको जनकपुर-७ बस्ने वर्ष २२ को सदानन्द झा र सिराहा जिल्ला मादर-३ बस्ने बर्ष १९ को पुरुषोत्तम यादवलाइ प्रहरीले पक्राउ गरेको थियो भने अन्य दुइजना फरार भएका छन्।
पक्राउ परेका साथबाट तराइ मुक्ति मोर्चा लेखिएको लेटरप्याड फेला परेको छ मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment