वीरगंज, २३ असार । गुरु पूर्णिमाको अवसरमा क्रियटिभ गु्रप वीरगंज, आशा राम बापू, रामदेव स्वामी र बौद्ध विहार समितिले विभिन्न कार्यक्रम गरेका छन्।
आज नेराउमावि वीरगंज-१४ मा गुरुको महत्व विषयक वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुले भाग लिएको थिए।
प्रतियोगितामा प्रथम रश्मी शर्मा, दोश्रो अनु भारती, तेश्रो नारायणकुमार गुप्ता, सान्त्वना पूजा कुमारीलाइ माविका अध्यक्ष सुन्दर कर्ुर्मीले पुरस्कार वितरण गरेका थिए।
यसैवीच आशाराम बापु, रामदेव स्वामी र बौद्ध विहार समितिले गुरुको सम्मानमा रयाली प्रदर्शन गरेको थियो।
Comments
Post a Comment