वीरगंज, ३० साउन । बन्द भएको कृषि औजार कारखाना तथा वीरगंज चिनी कारखानाका मजदूर, कर्मचारीले कर्मचारी, अवकास अथवा कारखाना पुन सञ्चालन गर्नुपर्ने मांग राख्दै आन्दोलनको कार्यक्रम यथावत राखेको छ।
आज बिहान ११ बजेदेखि १ बजेसम्म दुइ घण्टा जिल्ला प्रशासन कार्यालय पर्सामा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष लालबाबु पटेलको नेतृत्वमा मजदूर कर्मचारीले धर्ना दिएका थिए।
यसअघि सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शंकर पोखरेल तथा आन्दोलनरत कर्मचारीबीच वार्तापश्चात चक्काजाम एक हप्ताको लागि स्थगित गरिएको थियो।
वार्तामा प्रधानमन्त्री भारत भ्रमणमा रहेकोले एक हप्ताको लागि चक्काजाम खोल्ने सहमति भएपछि मात्र मन्त्रालयले लिखित वार्तामा बोलाउने सहमति पछि आन्दोलनरत कर्मचारीले चक्काजामको कार्यक्रम स्थगित गरेका हुन्।

Comments
Post a Comment