-अजय यादव
हर्दिया, ३० साउन। बारा जिल्लाको बरियापुर गाविसमा रहेको ऐतिहासिक मन्दिर गढीमाइ मेलाको तयारी धमाधम सुरू भएको छ। प्रत्येक ५-५ वर्षा लाग्ने सो मेलाको तयारी स्थानीयवासीहरूले गरिरहेका छन्। विश्वमा सबैभन्दा बढी बलि दिइने मन्दिर नै गढीमाइ हो। गढीमाइ मन्दिर नजिकको गाउंदेखि सडकसम्म सरसफाइको काम भइरहेको छ। गढीमाइ मन्दिर भन्दा दक्षिणमा रहेको सडकको काम वषर्ात संगैसंगै भइरहेको छ। कबही जगातसम्म सडकमा बालुवा, गिट्टी खसालेर ग्राभेलको काम भइरहेको छ। यता बरियारपुरदेखि बाजोपटी, कुडवा, धर्मपुर जाने बाटोको पनि मरम्मत भइरहेको छ। सदरमुकाम कलैयादेखि ५ किमी पूर्व र दक्षिणमा रहेको गढीमाइ मन्दिरसम्म सडक निर्माण भइरहेको छ। बरियापुर, सेमरा, तीन गछिया, धर्मपुर, इनर्वा लगायत अन्य आसपासका गाउंमा दर्शनार्थीहरू बस्नका लागि र गाडीको व्यवस्थापन गर्नको लागि काम भइरहेको बताइएको छ। विसं. २०६१ सालमा लागेको मेलाभन्दा यसपालि अर्थात् यही मंसिरदेखि लाग्न गइरहेको मेला भव्य हुने स्थानीयवासी रामविलासप्रसाद यादवले बताएका छन्।
मेला हर्ेन नेपालको चितवन, मकवानपुर, पर्सा, रौतहट, सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, सिरहा लगायत भारत लगायत तेश्रो मुलुकका विभिन्न स्थानबाट दर्शनार्थीहरूको उल्लेख्य सहभागिता हुने गर्दछ। जे होस् यसपालिको गढीमाइ मेलामा कुनै अप्रिय घटना नहोस्, मेला राम्रोसंग सम्पन्न होस् यही नै बाराबासीको चाहना छ।

Comments
Post a Comment