Skip to main content

ट्राफिक प्रहरीद्वारा नम्बर इन्ट्रीका नाममा बलजफ्ती अनाधिकृत रकम संकलन

वीरगंज, २० पुस। सवारी ट्राफिक व्यवस्थापनका लागि खटाइएको रजतजयन्ती चोक भन्सार नजिक रहेको ट्राफिक प्रहरी बिटले भारतीय एवं नेपाली नम्बरका मालबाहक ट्रकहरुसंग नम्बर इन्ट्रीका नाममा बलजफ्ती लिने गरेको अनाधिकृत रकमको सवारीचालकहरुले विरोध जनाएका छन्।
भारतीय नम्बरका ट्रकहरुसंग रु. २० देखि ५० सम्म लिने गरेका ट्राफिक प्रहरीले उक्त रकम नदिने ट्रकहरुलाई चाहिनेभन्दा बढी लोड गरेको हुंदा तौल गर्नुपर्ने, माल झार्नुपर्ने जस्ता अनावश्यक झन्झट सिर्जना गरी बाध्य बनाई नम्बर इन्ट्री गर्दा तिर्नुपर्ने भन्दा तेब्बर-चौब्बर रकम असूल्ने गरेको कारण नम्बर इन्ट्रीकै बखत तोके बमोजिमको रकम दिंदा बेश हुने अवस्था बनाएको ट्रकचालकहरुले बताएका छन्।
त्यसैगरी दश बजेदेखि अफिस समयमा मालसमेतको ट्रक एवं खाली ट्रक बजारभित्र प्रवेश गर्न रोक लगाइए तापनि उक्त बिटले रु. ५० एवं १०० असूल गरी बजार प्रवेश गर्न दिने गरेको स्वयं चालकहरु बताउंछन्।
यसरी संकलन गरिएको रकम मध्य क्ष्ँेत्र ट्राफिक प्रहरी कार्यालय पथलैया लगायत वीरगंजस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुखसम्म पठाउनुपर्ने अवस्था रहेको कारण धेरै वर्षेखि चलिआएको चलनलाई हामीले थेक्दै आएको सोही बिटमा कार्यरत एक नाम नबताउन चाहने ट्राफिक प्रहरीले यस दैनिकलाई बताएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा अर्न्तर्गत रहेका ट्राफिक प्रहरीले सवारी ट्राफिक व्यवस्थापनका नाममा अनाधिकृत रकम संकलन गर्ने उल्लेखित बिट मात्र नभई आदर्शनगरस्थित ट्रान्सपोर्ट कम्पनी, वीरगंजमा चल्ने पुराना ट्रकका व्यापारीहरु, टेम्पोपार्क, बसपार्क जस्ता ठाउंहरुबाट समेत सवारीधनीहरुसंग दैनिक रकम असूल्ने गरेको बताइन्छ । नगरमा बढ्दै गएको सवारी ट्राफिक चांपका कारण दिनहुं हुने गरेको दर्ुघटना न्यूनीकरणका लागि योजनाबद्ध कार्य गर्न असफल भएको पर्सा ट्राफिक प्रहरीले अनाधिकृत रुपमा संकलन गर्ने गरेको रकम उपर रोक लगाउन सम्बन्धित निकायका उच्चपदस्थ प्रमुखहरुले ध्यान पुर्‍याउन नितान्त भएको नागरिक समाजको धारणा छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।