वीरगंज, २० पुस । अज्ञात समूहले एक गाविसका सहसचिव र एक र्सवसाधारणमाथि गोली प्रहार गर्दा दुवै गम्भीर घाइते भएका छन्।
गए राति बारा, पिपराचोकमा अज्ञात व्यक्तिले चलाएको गोली लागि पटेरुवा गा.वि.स. घर भइ देवापुर टेटा गा.वि.स.का सह-सचिव महेन्द्र प्रसाद साह र टेटा -८ बस्ने ओकिल यादव घाइते भएका हुन्।
दुवै ना.२प ८६१२ नं.को मोटरसाइकलमा सवार भइ जांदै गर्दा उनीहरुमाथि गोली चलाइएको हो।
घाइते दुवैको थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल रिफर गरेको तथा गोली प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जानकारी गराएको छ।

Comments
Post a Comment