Skip to main content

वी.पी. उद्यानमा वी.पी. सभागृह होइन नेपाल-भारत मैत्री सभागृह बन्ने रे !

वीरगंज, २० पुस। वीरगंजको मध्यभाग घण्टाघर उत्तर वी.पी. उद्यानको जग्गामा निर्माण गरिने भनिएको नेपाल-भारत वी.पी. मैत्री सभागृहको नाम हटाएर भारत सरकारले नेपाल-भारत मैत्री सभागृह हुनुपर्ने नाम प्रस्ताव गरेको छ।
वी.पी. उद्यानमा भारत सरकारले नेपाल-भारत मैत्री सभागृह बनाउने नाम प्रस्ताव गरेपछि नानाथरिका आशंका पर्साका बुद्धिजीवी, चेतनशील नागरिकहरुको बीच उठेको छ। साविकको प्रस्तावित नाम बदलेर नयां नाम प्रस्ताव गरिनुलाई भारतको कूनियत रहेको स्पष्ट छ। यसलाई अर्थपर्ूण्ा रुपमा हेरिएको छ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका तत्कालीन महावाणिज्यदूत सी. गुरुराज रावले वीरगंजवासीको कुनै मांगबिना नै आफूखुशी वीरगंज नगरमा एउटा नगर सभागृह भारत सरकारको अनुदानमा निर्माण गर्न सकिने विषय एक र्सार्वजनिक समारोहमा उठाएका थिए ।
नेपाल-भारत सहयोग मंचका पदाधिकारीरुले त्यसपछि सभागृह निर्माणका लागि पहल गर्न खोजे। वीरगंज उपमहानगरपालिका कार्यालय र नेपाल-भारत सहयोग मंचका पदाधिकारीहरुबीचको छलफल पछि वीरगंज उपमहानगरपालिका कार्यालयले तत्कालीन मेयर स्व. माधवलाल श्रेष्ठको पालामा वी.पी. उद्यान निर्माणका लागि नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल यातायात संस्थानको मैत्री सभागृह प्रोजेक्ट भारत सरकारले स्वीकार गर्‍यो। हर्रि्रसाद गिरीको घर जहां यतिखेर भारतीय महावाणिज्य दूतावास छ, सोसंगै जोडिएको वी.पी. उद्यानको जग्गामा वी.पी. सभागृह निर्माण गर्न १८ करोडको लागत इष्टिमेट भयो।
ऐतिहासिक रेल्वे एस.जे.आरको कार्यालय रहेको लाल बिल्डि·को नामले चर्चित पुरानो भवन भत्काएर वी.पी. सभागृह निर्माणका लागि नामको विवादका कारण त्रिपक्षीय सम्झौता एम.ओ.यू हुन सकेको छैन।
वीउमनपा कार्यालयका स्रोत अनुशार वी.पी. उद्यानमा भारत सरकारको अनुदानमा नेपाल-भारत बीपी मैत्री सभागृह निर्माणका लागि प्रक्रिया सम्बन्धित निकायमार्फ अगाडि बढ्दै जाने एनेकपा माओवादीले नेतृत्व गरेको सरकारले वीपी सभागृह निर्माणको कुरालाई कुनै महत्व नदिएको जानकारी हुन आएको छ।
वरिष्ठ उद्योगपति हर्रि्रसाद गिरी र बाबुलाल चाचानको सभागृह निर्माणका लागि पटक पटक ताकेतापछि एमालेका नेता माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल-भारत वीरगंज सभागृह नाम प्रस्ताव गर्ने निर्ण्र्ाा
गर्‍यो।
नेपालस्थित भारतीय राजदूतावासले नेपाल सरकारले गरेको निर्ण्र्ाााई अस्वीकार गरी नेपाल-भारत मैत्री सभागृह नाम प्रस्ताव गरी पत्र पठाएको बुझिएको छ। भारत सरकारले प्रस्ताव गरेको नामलाई वर्तमान सरकारले लगभग स्वीकार गर्ने अवस्था रहेको एक स्रोतले बताएको
छ।
२०६१ सालदेखि निर्माण गरिने भनिएको सभागृह अहिलेसम्म नामका विवादका कारण शिलान्यास समेत हुन सकेको छैन।
मिस्टर एण्ड मिसेस एम.एल. कायस्थ कन्सल्टेन्सी कम्पनीले सो नगरसभागृहको डिजाइन गरेको छ। १८ करोड लागतको १००० सिट क्षमताको नगर सभागृह निर्माणका लागि अर्थमन्त्रालय वीउमनपा र भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता हुन जरुरी छ।
नेपाल-भारत वीपी मैत्री सभागृह वा नेपाल-भारत मन्त्री सभागृह दर्ुइमध्ये एक रोज्ने काम स्थानीय जनताको हो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।