Skip to main content

प्रत्यक्ष अन्तरक्रिया खुला बहस कार्यक्रम

वीरगंज, २० पुस । नयां संविधान निर्माणमा आमनागरिकको दृष्टिकोणलाई समेत समावेश गर्न र गराउन सहयोग पुर्‍याउने उद्देश्यले सोमवार अपरान्ह स्थानीय घण्टाघरमा मीरेष्ट नेपालले र्सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।
मीरेष्ट नेपालद्वारा स्थानीय होटल कैलाशमा एक पत्रकार सम्मेलन गरी स्थानीय संचारकर्मीहरुका बीचमा वितरित प्रेस विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लामा संविधान निर्माता संविधानसभाका सदस्य र आम नागरिक बीच प्रत्यक्ष् अन्तरक्रियात्मक खुला बहस कार्यक्रम सुरु गरेको र सो अन्तरक्रियाको विवरण समायोजन टेलिभिजन कार्यक्रमका लागि छायांकन गरिनेछ। कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, संचारकर्मी, नागरिक समाजका अगुवाहरु, पेशागत संघसंगठनका प्रतिनिधि, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायी, श्रमिक र्सवसाधारण आम नागरिकलाई खुला आमन्त्रण गरेको उल्लेख छ।
वरिष्ठ संचारकर्मी सुरेश आचार्य अध्यक्ष रहनुभएको मीरेष्ट नेपालका कार्यकारी निर्देशक गौरब पुडासैनीले मीरेष्ट नेपाल आम संचारको क्षेत्रमा काम गर्ने स्वतन्त्र संस्था भएकाले संचारकर्मी साथीहरुसंग सहकार्य गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको थियो। मीरेष्ट नेपालका टेलिभिजन कार्यक्रम संयोजक स्वागत नेपालले पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्नुहुंदै राजनीतिक चेतना र जागरणको अग्रणी पर्सा जिल्लामा र्सार्वजनिक टेलिभिजन कार्यक्रम छायांकन हुन लागेको र मीरेष्ट नेपालले उत्पादन गरेको कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभएको थियो।
पत्रकार सम्मेलनमा मीरेष्ट नेपालका व्यवस्थापक दामोदर उप्रेती विभिन्न संचारमाध्यमका करिब तीन दर्जन संचारकर्मीहरुको उपस्थिति रहेको थियो। र्सार्वजनिक सुनवाइ कार्यक्रमका प्रमुख अतिथिहरुमा संविधानसभाका सभासदहरु जीतेन्द्र सोनल, अजयकुमार द्विवेदी, प्रमोदप्रसाद गुप्ता, रामचन्द्र प्यासी, इस्लाम हवारी धोबी र बिमलप्रसाद श्रीवास्तव रहनुभएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।