Skip to main content

पत्रकार महासंघ मकवानपुरको प्रतिवेदन

-खेम बोलखे
मकवानपुर, २० पुस। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले मकवानपुर जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयको वर्तमान अवस्था सम्बन्धी संक्षिप्त अनुगमन प्रतिवेदन आज र्सार्वजनिक गरेको छ।
प्रतिवेदनमा मकवानपुर जिल्लामा केही वर्षयताको अवस्थालाई हर्ेदा सञ्चारमाध्यमको संख्यात्मक बृद्धि भएको छ। त्यही अनुसार पत्रकारितालाई पेशा बनाएर कार्यरत सञ्चारकर्मीहरुको संख्यापनि उत्तिकै बढेको छ। पत्रकारिता पर्ढाई हुने विद्यालय र कलेजहरुलेपनि यो पेशामा लाग्ने सञ्चारकर्मीको संख्या थपेको देखिन्छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकलाई हर्ेर्ने हो भने पत्रपत्रिका दर्ताको संख्या ८५ रहेको छ।
ती मध्ये दैनिक ७, साप्ताहिक ५६, अर्धसाप्ताहिक १, पाक्षिक ५, मासिक ६ वटा रहेका छन्। दर्ता भएका सबै पत्रपत्रिका नियमित रुपमा प्रकाशन भएका छैनन्। हाल यहाँबाट हेटौंडा सन्देश, नारायणी, हेटौंडा टुडे र मकवानपुर पोष्ट दैनिकरुपमा प्रकाशन भइरहेका छन्। त्यसैगरी प्रयास अर्ध साप्ताहिक रुपमा प्रकाशनमा छ भने साम, निकास, हेटौंडा वापौ, ताम्सालिङ ताम्सोर, हेटौंडा खबरपत्र, हेटौंडा टाइम्स, सक्रिय, मध्यस्थता, विकास खवर पत्रिका, मकवानपुर आवाज, नमस्कार साप्ताहिकरुपमा प्रकाशित भइरहेको छ।
मिसाइल पाक्षिक रुपमा र जुनकिरी मासिक रुपमा प्रकाशनमा छ। विद्युतीय सञ्चारमाध्यमतर्फ२०५७/०५८ तिर हेटौंडामा उपत्यका बाहिरको पहिलो व्यवसायिक रेडियो स्टेशनका रुपमा मनकामना एफएम प्रशारण आरम्भ भएको थियो, भने हाल यो स्टेशन बन्द अवस्थामा छ।
अहिले मकवानपुरमा २ सामुदायिक र ३ व्यवसायिक रेडियो स्टेशन प्रशारणमा छन्। यी मध्ये रेडियो थाहा सञ्चार, हेटौंडा एफएम र रेडियो मकवानपुर हेटौंडा नगर भित्र रहेको छ भने उत्तरी क्षेत्र पालुङबाट रेडियो पालुङ र दामनबाट प्रतिध्वनी एफएम प्रशारण भइरहेको छ।
नेपाल पत्रकार महासंघ मकवानपुरको तथ्यांक हर्ेर्ने हो भने अहिले ९९ को संख्यामा सदस्य रहेका छन्। मकवानपुरमा छापा माध्यममा काम गर्ने संचारकर्मीको संख्या बढेसँगै विद्युतीय सञ्चार माध्यममा पत्रकारिता गर्ने सञ्चारकर्मीको संख्यापनि उल्लेख्य बृद्धि भएको छ। प्रविधिका दृष्टिकोणलेपनि यहाँका संचारसंस्था र संचारकर्मीले प्रगति गरेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।