वीरगंज, २० साउन । बारा, धादिङमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु हुनुको साथै दर्जनौ घाइते भएका छन्।
आज बिहान बारा, जीतपुर-३ नजिकै ना.१ह ११८९ नं.को टेम्पो आफै पल्टिदा सिमरा-५ बजनी बस्ने गोपाल थापा र ज्ञानेन्द्र दहाल घाइते भएका छन्। घाइतेको सिमरामा उपचार भइरहेको छ।
गए राति ८।३० बजे सिमराको बजनी नजिकै रोकिराखेको ना.१ख ६५०० नं. ट्रकमा ना.४प २५७ नं.को मोटरसाइकल ठोक्किएपछि सिमरा ३ बस्ने केशव रिमाल र लोकेन्द्र रिमाल घाइते भएका छन्। दुवैले स्थानीय मेडिकलमा उपचार गराइरहेका छन्।
आज बिहान धादिङ, कृष्णभीर नजिकै ना.३ख ९९५९ नं.को मिनी ट्रक सडकबाट त्रिशुली नदीमा खसेपछि ट्रक चालक काठमाण्डौ, जडीबुटी बस्ने बर्ष२३ को रमेश के.सी.को मृत्यु भएको छ भने भने खलासी झापा, दमक बस्ने प्रकाश वि.क.घाइते भएका छन्।
गए राति चितवनको स्याउली बजारमा ना.३ख ६६८९ नं.को ट्रकले ना.३ख १०६९ नं.को ट्रकलाई ठक्कर दिदा ना.३ख ८४२० र ना.३ख १०६९ नं.को ट्रक क्षत्रि्रस्त हुनुको साथै ट्रक चालक घाइते भएका छन्।

Comments
Post a Comment