वीरगंज, २० साउन । थरुहट स्वायत्त राज्य परिषदले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको गृह मन्त्रालय तथा नेपाल प्रहरीले सुरक्षा बिश्लेषण गर्दै बिभिन्न मिडियाहरु मार्फ पश्चिम तराइमा कार्यरत तथा संघर्षरत थरुहट स्वायत्त राज्य परिषद्बाट देशको सुरक्षामा आघात पुग्ने र बिभिन्न राजनीतिक दल तथा समूहका कार्यकर्ताहरुलाई भौतिक कारवाही गर्ने धम्की दिएको भन्ने आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ।
थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले जारी गरेको विज्ञप्तिमा आई.एल.ओ. महासन्धि १६९ तथा आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रिय घोषणा पत्रको आधारमा तर्राईका आदिवासीहरुको अग्राधिकार कायम गर्न थरुहट सुरक्षा दल -यसलाई थरुहट सेना भनि प्रचारित गरिएको छ) स्थापना गरिएको जानकारी गराउदै थरुहट सुरक्षा दलले स्थानीय तहमा प्राकृतिक स्रोत साधन र सीमा सुरक्षामा योगदान पुर्याउनुका साथै थारु समुदाय उपर कहिं कतैबाट आक्रमण भएको अवस्थामा आत्मसुरक्षाको अधिकार अनुरुप थारु समुदाय र आप\mनो सुरक्षा गर्ने कार्य गर्दछ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बर्तमान सरकारले कैलाली, बर्दिया, बा“के, दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा थरुहट कार्यकर्ताहरु उपर झूठा मुद्दा लगाएर फसाउने कार्य भएकोमा सरकारको यस किसिमको दुराशययुक्त क्रियाकलापको परिषद लगायत संघीयवादीहरु कडा प्रतिवाद गर्दै कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ।

Comments
Post a Comment