Skip to main content

संविधानसभाको म्याद ६ महिना थप्ने तयारी ः मन्त्री खाँड

'कांग्रेसले सरकारको र्समर्थन फिर्ता लिए एमाले र माओवादीको गठबन्धन बन्छ'
माओवादी नेतृत्वमा सरकार बन्दैन ः रायमाझी
काठमाडौं, माघ १८। नेपाली कांग्रेसका नेता एवं सिंचाइ मन्त्री बालकृष्ण
खा"डले संविधानसभाको म्याद ६ महिना थप्ने तयारी सकिने बताएका छन्।
'संविधानसभाको म्याद सकिँदैमा आकाश खस्ने र पाताल भासिने होइन।
संविधानसभा र्सार्वभौम भएकाले यसले आफ्नो म्याद थप्न सक्छ,' सोमबार
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खा"डले
भने- संंविधानसभाको म्याद सकिँदैमा राष्ट्रपतीय शासन लाग्ने वा सेना
सक्रिय हुने भन्ने कुरा अफवाह मात्र हो। दर्ुइ वर्षा संविधानसभाको म्याद
नसकिने उनको जिकिर थियो।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा मन्त्री खाँडले कांग्रेसले संस्थागत
निर्ण्र्ाागरेर माधवकुमार नेपाल नेतृत्वको सरकारमा गएको तर अहिले सरकार
परिवर्तनको बारेमा कुनै सोचाइ नभएको स्पष्ट पारे। 'अहिले एकल पार्टर्ीी
देश चलाउन सक्तैन र एकल नेताले पार्टर्ीीलाउन पनि सक्तैन,' उनले भने-
त्यसको वर्तमान सरकारको विकल्प छैन।
उनले माओवादीलाई पनि यसै सरकारमा आउन आग्रह गरे। उनले भने- सबै दल मिलेर
शान्ति र संविधानलाई निष्कर्षा पुर्‍याउनु अहिलेको आवश्यकता हो। खाँडले
नागरिक सर्वोच्चताका नाममा कुनै दल विशेषको सर्वोच्चता कांग्रेसलाई
स्वीकार्य नहुने बताए।
कार्यक्रममा एकीकृत माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले
राष्ट्रपतिको कदम नसच्चिई माओवादीको नेतृत्वमा सरकार नबन्ने बताए।
'राष्ट्रपतिको चालेको कदम असंवैधानिक कदमबाट यो सरकार बनेको हो,'
रायमाझीले भने- हामी त्यस्तो असंवैधानिक सरकारमा जाने कुरै हुँदैन।
प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारमा जान सम्भव नहुने
नेता रायमाझीको भनाइ थियो। उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई
प्रधानमन्त्री बनाउने प्रस्ताव माओवादीले नराखेको बताए। रायमाझीले
माओवादीले संस्थागत रुपमा कांग्रेसलाई शत्रु नठानेको तर व्यक्तिविशेषले
त्यस्तो गरेको हुन सक्ने औंल्याए। साथै उनले राष्ट्रपतिको कदमबारे
उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुने दाबी समेत गरे।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपालले वर्तमान सरकारबाट
कांग्रेसले र्समर्थन फिर्ता लिए एमाले र माओवादीको गठबन्धन बन्ने दाबी
गरे। 'यो सरकारबाट र्समर्थन फिर्ता लियो भने कांग्रेस बाहिरिन्छ,' उनले
भने- एमाले र माओवादीको गठबन्धन बन्छ। तर, अहिले माओवादी या अरु
पार्टर्ीीे नेतृत्वमा बन्न नसक्ने ठोकुवा उनले गरे। उनले भने- अहिलेको
सरकारको विकल्प छैन, माओवादी पनि यसैको नेतृत्वमा आउँछ र यसैले शान्ति र
ंसंविधान बनाउँछ।
नेपालले उच्चस्तरीय राजनीतिक संयन्त्र बूढा नेताहरुको चिया खाने क्लब
मात्र भएको टिप्पणी गरे। उनले एम्ााले प्रजातान्त्रिक पार्टर्ीीएकाले
पार्टर्ीीत्र विवाद रहेको तर महिना दिनमा बैठक राखे सबै ठीक हुने दाबी
गरे। उनले १४ प्रदेश आवश्यक नहुने पनि बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।