Skip to main content

यातायात व्यवसायी संघद्वारा सुरक्षाको मांग

हेटौडा, १८ माघ। सरकारले सुदृढ सुरक्षा व्यवस्थाको वकालत गरिरहेको
अवस्थामा राष्ट्रिय राजमार्गमा बढ्ने गरेको लुटपाट र असुरक्षाका घटनाले
यातायात व्यवसायीहरु बारम्बार पीडित भएको भन्दै आज नारायणी यातायात
व्यवसायी संघले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ - घटनापश्चात ठूलो आर्थिक र मानसिक तनाव सहेर
सुरक्षाका निमित्त हामीले सम्बन्धीत निकायमा हार गुहार गरे पनि त्यसको
समयमै सुनुवाइ नहुँदा हामी थप तनाव सहन बाध्य छौँ। घटनाको छानविन र
शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनसँग शान्तिपर्ूवक अनुनयविनयमा
प्रस्तुत हुँदा हाम्रो पीडालाई उपहास गरिदिने जस्तो प्रबृत्तिले वास्तवमै
हामीलाई चिन्तित र क्रुद्ध बनाउने गरेको छ।
राष्ट्रिय राजमार्गमा गुडिरहेका सवारीसाधन अपहरणमा पर्छन्, लोड
भएको सामान चोरिन्छ र मजदुरमाथि निर्ममतापर्ूवक आक्रमण हुन्छ ... हामी
सम्बन्धित निकायहरुमा घटनाको छानविन र चोरिएको सामानको खोजी गरिदिन
अनुरोध गर्र्छौ। तर दिन, महिना बित्छ तर घटना गुपचुप रहन्छ, अनुसन्धान वा
प्रकृयाको नाममा घटनालाई बिर्सर्ााे प्रयास मात्र हुन थालेको हो कि भन्ने
आशंकाले हामीलाई हिजोआज सताउने गरेको छ। राजमार्गबाट ट्यांकर हराएको
घटना नसेलाउँदै मिति २०६६।०९।२८ गते छड लोड रहेको ना.२.ख २६२९ नं. सवारी
हरायो। चालक मजदुर जंगलमा बाँधिए भने भोलिपल्ट ट्रक खाली अवस्थमा लोथर
नजिक भेेटियो। घटनाको छानविनका निम्ति हामीले पौष ३० गते नै क्षेत्रीय
प्रशासकज्यू, मध्यक्षेत्र प्रहरी कार्यालयलगायतका सम्बन्धित निकायहरुमा
लिखित रुपमै अनुरोध गर्‍यौँ। र, छनविन तथा सुरक्षाका धेरै आश्वासन लिएर
फर्कियौँ। तर घटनाको २० दिन पुग्दासमेत हालसम्म उक्त घटनाको बारेमा केही
तथ्य बाहिर आउन सकेको छैन।
यसबाट आर्थिक, मानसिक तनाव भोगेका व्यवसायीको तनाव त बढेको छ नै,
राजमार्गमै असुरक्षाको भयबाट हामी सबै व्यवसायीहरु त्रसिद् बन्नु पर्ने
अवस्था विद्यमान छ। अतः यथाशीघ्र राजमार्गमा शान्ति सुरक्षाको भरपर्दो
व्यवस्था मिलाउन र राजमार्गमा भएका लुटपाटका घटनाहरुको गम्भीरतापर्ूवर्क
छानविन गरी दोषिउपर कारवाही र लुटिएका सामानहरुको क्षतिपर्ूर्ति दिलाइ
भराइ दिनेतर्फयस संघ सरकारसमक्ष हार्दिक अनुरोध गर्दछ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।