Skip to main content

जताततै चक्काजाम, यात्रुलाइ सास्ती

वीरगंज, २५ असार । विभिन्न मांग राख्दै सडक अतिक्रमण गर्ने र चक्काजाम गर्ने कार्यले तीव्रता पाइरहेको छ।
लगातार तीन दिनदेखि वीरगंज-पथलैया सडकखण्ड अवरुद्ध हुंदा हजारौं सवारीसाधनहरु अलपत्रमा परेका छन्।
आज बिहान पनि औद्योगिक कोरिडोरको विभिन्न स्थानहरुमा प्रदर्शनकारीले चक्काजाम गरेका छन्।
कारखाना व्यवस्थापन पक्षले मजदूरलाइ कुटपिट गरेको विरोधमा तीन दिनदेखि वीरगंजको बहुअरी स्थित नेशनल पोली प्लास्टका मजदूरहरुले वीरगंज-परवानीपुर सडकखण्डको गण्डकमा चक्काजाम गरेका छन्।
कारखाना व्यवस्थापनले केही महिना अघी कामदारलाइ निकालेको बिषयमा व्यवस्थापन पक्ष र मजदुर पक्षबीच झडप हुंदा ३ जना मजदुर घाइते भएपछि उपचार खर्च कारखानाले नै उपलब्ध गराउनुपर्ने मांग गर्दै सडक अवरुद्ध गरेका हुन्।
यसैगरी गए राति रामपुर टोकनी-३ नजिकै ना३ख ६६२८ नं.को बसले ना२प ९४४९ नं.को मोटरसाइकललाई ठक्कर दिंदा बारा, फत्तेपुर-३ बस्ने कर्ण कुमार राय र राजु राय र १४ वर्षीया करिष्मा राय घाइते भएपछि करिष्माको बाटोमा नै मृत्यु भएको थियो। सोही बिषयलाई लिएर पीडित पक्षले गए राति अवरुद्ध गरेको सडकखण्ड प्रहरीले सम्झाइबुझाइ सुचारु गरेको थियो। ठक्करदिने बस र चालकलाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान बाराको अमलेखगन्ज -३ सागरचोकका स्थानियबासिन्दाहरुले तटबन्धको मांग गर्दै अवरुद्ध गरेको महेन्द्र राजमार्ग विहान पौने ११ बजे सुचारु भएको छ।
सो क्षेत्रमा रहेका क्रसरले जथाभावी ढुंगा निकाली घर र जग्गा कटान गरेको आरोप लगाउंदै स्थानीयवासिन्दाले सडक अवरुद्ध गरेका हुन् । 
खानेपानी तथा उपभोक्ता महासंघको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज पनि पूर्व-पश्चिम महेन्द्र राजमार्गको अमलेखगंज, सर्लाही, रौतहट, धनुषामा चक्काजाम गरिएको थियो।
उपभोक्ता महासंघ, सर्लाहीका अध्यक्ष डोलराज पाण्डेको नेतृत्वमा कर्मैया ४,६ र ७ र लालबन्दी १ स्थित डुमडुमे पुलमा बाटो अवरोध गरेका थिए। खानेपानी सरसफाई राष्ट्रिय उपभोक्ता महासंघ, धनुषाका भिम प्रसाद शर्माको नेतृत्वमा ढल्केचोकमा चक्काजाम गरिएको थियो।
उपभोक्ता महासंघले विभिन्न मांग राख्दै गत २० गतेको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार २४ गते देखि ३० गते सम्म दैनिक १ घण्टा र ३० गतेदेखि पूर्ण रुपमा चक्काजाम गर्ने निर्णय गरेको थियो।
यसैगरी सडक पिच गर्ने बजेट निकासा नभएको विरोधमा एमाले गाउं कमिटी रौतहटका सचिव शेष अमिनको नेतृत्वमा आज बिहान ७ः४५ बजेदेखि बीरेन्द्र राजमार्गमा बाटो अवरोध गरेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।