Skip to main content

ठूलाठालुद्वारा सडकमा फोहर फाल्ने प्रबृति

भक्तपुर, २५ असार । सहर बजारका सडक किनारामा ठूलाठालु र संस्थाहरूले समेत फोहर फाल्ने गरेको छ। सभासद लीला न्याइच्याइको घरबाट निस्कने फोहर भर्वाचो ढोका छेवैमा फाल्ने गरेको छ। यो ढोका भक्तपुर सहरमा पर्यटक भित्रिने ढोका मध्ये एक हो। सो स्थानमा पसल गरी बस्ने नारायणप्रसाद कोजुका अनुसार सभासद न्याइच्याइको घरबाट निस्कने फोहर हरेक दिन बिहान सभासदको सभासदको घरमा काम गर्ने मजदूरले फाल्न ल्याउने गरेको बताए।
काठमाण्डांैको कमलादीमा पनि फोहर सडकमै थुपारेको देखिन्छ। प्रज्ञाभवन वरपर त फोहर थुपार्ने ठाउं नै भएको छ। कमलादीमा रहेको नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा पनि फोहर थुपारिएको छ। बानेश्वरको जनता बिकास बैक रहेको भवन अगाडि फोहर डंगुर देखिन्छ। सो स्थानका बिकास थापाले बैंकले धनसम्पति डिपोजिट गर्नु पर्ने हो तर यस जनता बैंकले त फोहर डिपोजिट गरिरहेको भनी ब्यङग्य गरे। त्रिबिबि ५० बर्षपुगेको अबसरमा किर्तिपुरमा स्वर्ण्र्ाार निमार्ण्र्ाारिएको छ। सोही स्वर्ण्र्ाारमा थुप्रिएको फोहरले ५० बर्षो बाषिर्कोत्सवको बारेमा रिर्पोटिङ गर्न आएका पत्रकारहरू प्रकृति अधिकारी, शेषकान्त पण्डित, शेखर चौलागाइ, जयराम बस्नेत, प्रमोदकुमार टण्डन, कोकिला केसी, भरत शर्मा लगायतका खुंखारहरूले मन्त्री कै गुणगान मात्र गाएको भनी विश्वविद्यालयका विद्यार्थी राकेश तिमिल्सिनाले दुखेसो पोखे।
श्याम धौडेल अस्पताल जाने बाटोमा पनि फोहर थुपारिएको छ। भक्तपुर नगरपालिकाले च्याम्हासिहमा सञ्चालन गरेका जनस्वास्थ्य क्लिनिकमा आंखाको उपचारको लागि गएका कमलराज गोर्साई उपचार नै नगरी फर्किए। क्लिनिक अगाडि थुपारिएको फोहर देखेर घीन लागेपछि गोर्साई प्राइभेट क्लिनिकमा उपचार गर्न गए।
पाटन संयुक्त क्याम्पस अगाडि भने परीक्षा दिन आएका बिद्यार्थीहरूले चीट बनाएर ल्याएको कागजका टुक्राहरू सडकमा फालिएको पाइन्छ। क्याम्पसमा केन्द्र परेका बिद्यार्थीहरूले शौचालयमा गई कागजका टुक्रा फाल्ने गरेका हुन्। यिनै टुक्राहरू जम्मा पारेर क्याम्पसको कर्मचारीले सडकमा फाल्ने गरेका छन्।
नेपाल चिकित्सक संघले पनि फोहर बस्तु कार्यालयको बाहिर पट्टी रहेको सडक किनारामा नै फाल्ने गरेको छ। केही समय अगाडि संघमा सामेल डाक्टर साहेबहरू भेला हुंदा मदिरा सेवन गरेका थिए। सो दिन मदिराका खाली बोटलहरू सडकमा फालेको सो स्थानका स्थानीय बासिन्दा नेत्र आचार्यले जानकारी गराए। नमुना घरका मालिक रबिन्द्र पुरीले त र्सार्वजनिक बाटो अतिक्रमण फोहर थुपार्न प्रयोग गरिरहेको छ।
भक्तपुर इंटा कारखाना नजिकै जुजु धौ बनाउनेहरूले सडकमा फोहर पानी फाल्ने गर्दा कारखाना जाने बाटो हिल्लामे हुने गरेको छ। भक्तपुर जिल्लाको मालपोत कार्यालय अगाडिको फोहरले त जग्गा दलालहरूलाई मास्क लाएर हिंड्न बाध्य बनाएको छ। यसरी फालिएको फोहर बषर्ामा रोगब्याधी फैलाउने माध्यम भएको छ। त्यसैले अव समस्त जनता र्सार्वजनिक स्थानमा फोहर थुपार्ने प्रबृति अन्त्य गर्न जागरूक हुन आवश्यक देखिएको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।