Skip to main content

हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता, जन आन्दोलन समितीको घोषणा, गाउँ परिषद सम्पन्न बिद्युत प्राधिकरणको प्रशारण लाईन बन्द

हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता
ज्ञानेन्द्र शर्मा
रोल्पा, ११ माघ। नेपाल परिवार स्वास्थ्य कार्यक्रम र भि.सि.पी रोल्पाको
सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पाको
बडाचौरमा उमाबिमा हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ।
हाजिरी जवाफ प्रतियोगिता तर्फगौरी शंकर निमाबि प्रथम, उच्च माबि बडाचौर
द्वितिय, सुर्योदय माबि मिझिङ तृतिय भएका छन्।
यसैगरी लोकगित तर्फअनुराधा खड्का र कुशमला रोका पहिलो, कमला बिष्ट र
प्रेम कुमारी बस्नेत दोस्रो र मिना केसी र दिलसरा रोका तेस्रो भएका छन्।

साथै कार्यक्रममा महिलाको लागि स्थाई बन्ध्याकरण र अस्थायी परवार
नियोजनका साधन राख्ने कार्यक्रम संचालन भइरहेको छ।

अहिले सम्म ११ जना महिलाले स्थायी बन्ध्याकरण, २० जना महिलाले
इम्प्लान्ट, आई.यु.सि.डी १२ जनाले लिएका छन्।

कार्यक्रममा स्वास्थ्य पर्दशनीका साथै स्वास्थ्य सम्बन्धि भिडियो चित्र
प्रस्तुुत गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख
डा.युबराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दलबहादुर
डागीँले गर्नुभएको थियो।


बिद्युत प्राधिकरणको प्रशारण लाईन बन्द

ज्ञानेन्द्र शर्मा/लिवाङ

लिवाङ रोल्पा माघ ११ गते

रोल्पाको इरिबाङ गाविसमा शनिवार बेलुकीदेखी बिद्युत प्राधिकरणको प्रशारण
लाईन बन्द भएको छ। बिद्युत उपकरणको उपकरणको रिटीफाएरले काम गर्न छाडेको
कारण बिद्युत प्रसारण बन्द भएको हो।

सो उपकरणलाई मर्मतको लागि इरिबाङ बिद्युत व्यवस्थापन समितीको बैठक बसेको
छ। बैठक बिर बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको हो।

बेठकले प्राधिकरणको नयाँ उपकरण खरिदका लागि ४ लाख ५० हजार आर्थिक संकलन
गरी बन्द रहेको लाईन तत्कालै प्रशारण गरिने निर्ण्र्ाागरेको बिद्युत
प्राधिकरणका प्राबिधिक चन्द्र बहादुर के.सी.ले बताउनु भयो।

गाउँ परिषद सम्पन्न

ज्ञानेन्द्र शर्मा/लिवाङ

लिवाङ रोल्पा माघ ११ गते

बजेट पारिद भए लगत्तै रोल्पा जिल्लामा गाउँ परिषद धमाधम चलिरहेको छ। यसै
विच आर्थिक बर्ष२०६६/०६७ को बाह्रौ मिरुल गाउँ परिषद सम्पन्न भएको छ।

परिषदमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, शिक्षक, नागरिक समाज,
र्सबसाधरण, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

परिषदले २५ लाख ७५ हजार मध्ये प्रशासनिक खर्चतर्फ४ लाख २० हजार,
प्राबिधिक तालिम खर्च तर्फ६४ हजार ९ सय ५०, सामाजिक सुरक्षा कार्यक्रम
तर्फ६ लाख २७ हजार १ सय ५, म्याचिङ फन तर्फ२८ हजार ७ सय ८२ र बिकास
निमार्ण्र्ाार्फ१४ लाख ३४ हजार ४ सय ६३ रुपैया बिनियोजन गरेको छ।

बिकास निर्माण तर्फमुख्य गरी घोडेटोबाटो, कृषि सडक, झोलङ्गे पुल र लघु जल
बिद्युतलाई जोड दिइएको छ। कार्यक्रम गाविस सचिव युबराज थापाको
अध्यक्षतामा सम्पन्न भएको थियो।

जन आन्दोलन समितीको घोषणा

ज्ञानेन्द्र शर्मा/लिवाङ

लिवाङ रोल्पा माघ ११ गते

जन आन्दोलन समितीको घोषणा सभा रोल्पाको पाखापानी स्थित माबि सिमखोलाको
प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रम जनआन्दोलन समिती अखिल नेपाल शिक्षक
संगठन समितकिा संयोजक रहेश प्रकाश मल्लको संयोजकत्वमा सम्पन्न भएको थियो।

सभाले राम बहादुर वलीको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरेको छ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका एरियार् इन्चार्ज चन्द्रकला वली,
मगरात राज्य समिती सदस्य सुन्दर वली, जिल्ला समिती सदस्य राम बहादुर वली,
अखिल नेपाल शिक्षक संघका दर्ुगा प्रसाद वली, माबि सिमखोलाका प्र.अ
योगनारायण दास, राजन वली बिद्यार्थी संगठनका संयोजक कल्याण थापा लगायतले
मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।